Home समाचार फिर्ता भएनन् गाडी, चुनाव प्रचारमा दुरूपयोग
निवर्तमान भईसकेका केही सांसद्ले पदाधिकारीको हैसियतमा प्राप्त गाडी सुविधा दुरूपयोग गरिरहेको भेटिएको छ। यो खबर ईश्वरी सुवेदीले आजको नागरिकमा लेखेका छन्।
निवर्तमान सभामुख, उपसभामुखसहित विभिन्न समितिका पदाधिकारीले पदीय हैसियतले प्रयोग गरेका सवारीसाधन अझै फिर्ता गरेका छैनन्।
सचिवालयको रेकर्डमा ७ जनाले मात्र बुझाएको देखिन्छ। निवर्तमान सभामुख ओनसरी घर्तीमगर र निवर्तमान उपभासमुख गंगाप्रसाद यादव सुविधावापत पाएको गाडी फिर्ता नगरी त्यसैमा चढेर चुनाव प्रचारका लागि गृहजिल्लातर्फ लागेका छन्। संसदका १३ वटा समितिका निवर्तमान सभापतिमध्ये ९ जनाले मात्र गाडी फिर्ता गरेका छन्। बाँकीले निर्वाचन प्रचारमा गाडी दुरूपयोग गरेको पाइएको छ।
Related