लोकतान्त्रिक गठबन्धन विरुद्दमा भक्तपुरमा राप्रपाको वागी

1572

भक्तपुर । लोकतान्त्रिक गठवन्धको विरुद्दमा प्रतिनिधि सभामा राप्रपाको तर्फ वाट भक्तपुर क्षेत्र नम्वर २ मा धर्मराज थापाले बागी उम्मेद्दवारी दिनुभएको छ ।

लोकतान्त्रिक गठबन्धनले उचित रुपमा टिकट वितरण नगरेको भन्दै उहाँले भक्तपुर क्षेत्र नम्वर २ वाट बागी उम्मेदवारी दिनुभएको हो ।

अधिल्लो संविधान सभा निर्वाचनमा चौथो ठुलो पार्टीका रुपमा रहेको राप्रपालाई उपेक्षीत गदै प्रदेश र प्रतिनिधि सभामा एकलौटी रुपमा टिकट वितरण भएको भन्दै उहाँले लोकतान्त्रिक गठवन्धनको विरुद्दमा आफ्नो उम्मेदवारी दिनुभएको प्रस्तावक प्रविण ढुँगेलले बताउनुभयो ।

राप्रपाको हकमा लोकतान्त्रिक गठवन्धनवाट भक्तपुरमा गम्भिर धोका भएका कारण हामीले गठबन्धनको विरुद्दमा आफ्नो बागी उम्मेदवार उठाएको उहाँले जनकारी दिनुभयो ।

पार्टीलाई लोकतान्त्रिक गठबन्धनले भक्तपुरको हकमा धोका दिदाँ पनि जिल्ला पार्टीले भने कुनै समन्वय नगरेको जिल्ला सदस्य बाबु थापाले बताउनुभयो ।