Home समाचार बैकुण्ठहरि श्रेष्ठ स्मृति प्रतिष्ठानको चौंथो साधारण सभा
–हरिवहादुर श्रेष्ठ
मध्यपुर थिमि : “जनवाद लागु गरौं, व्यक्तिवादको विरोध गरौं” भन्ने नाराका साथ मध्यपुर थिमिका समाजसेवी बैकुण्ठहरि श्रेष्ठको स्मृतिमा स्थापित बैकुण्ठहरि श्रेष्ठ स्मृति प्रतिष्ठानको चौंथौं साधारण सभा मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठको प्रमुख आतिथ्यतामा कात्र्तिक १८ गते सम्पन्न भयो ।
प्रमुख अतिथिको मन्तव्य दिनु हु“दै नगरप्रमुख श्रेष्ठले बैकुण्ठहरि श्रेष्ठ सम्पूर्ण बामपन्थीहरुको नेता तथा मध्यपुरथिमिका अगुवा भएकाले उहा“को स्मृतिमा स्थापित यस प्रतिष्ठानलाई वृहतरुपमा विकास गरिनु पर्ने बताउनु हु“दै यसलाई बिकास गर्न नगरपालिकाले आवश्यक सहयोग गरिने बताउनु भयो ।
प्रतिष्ठानले तय गरेको नारा “जनवाद लागु गरौं, व्यक्तिवादको विरोध गरौं” अहिलेको सन्दर्भमा अत्यन्तै सान्दर्भिक भएको बताउनु हु“दै व्यक्तिवादी प्रवृति हावी भएकै कारण नगरपालिकामा वामपन्थिहरुलाई घाटा भएको समेत बताउनु भयो ।
प्रतिष्ठानका आजिवन सदस्य तारामान जोशीले बैकुण्ठहरि श्रेष्ठ सामाजिक विकासको योगदानको हैसियतले उहा“ मध्यपुर थिमिको नेता भएको बताउनु हु“दै राजनीतिक हैसियतले राष्ट्रकै नेता भएको बताउनु भयो ।
त्यस्तै आजीवन सदस्य सरोजकुमार श्रेष्ठले बैकुण्ठहरि श्रेष्ठ सामाजिक सेवामा लाग्न प्रेरणा दिने आफ्नो गुरु भएको बताउनु हु“दै उहा“को योगदानको विषयमा चर्चा गर्नु भयो । प्रतिष्ठानका कार्यसमिति सदस्य हरिवहादुर श्रेष्ठले बैकुण्ठहरि श्रेष्ठले जनवाद स्थापनाकै लागि आप्mनो जीवन उत्सर्ग गरेको गर्नुभएको बताउनु हु“दै उहा“ले आफ्नो जीवनभर भाषिक, शैक्षिक, राजनीतिक तथा सामाजिक रुपमा उत्पिडित जनताको अधिकारको स्थापित गर्नको लागि संघर्ष गरेको बताउनु भयो ।
प्रतिष्ठानका अध्यक्ष श्यामकृष्ण श्रेष्ठको अध्यक्षतामा सञ्चालन भएको सो साधारण सभामा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नु श्री श्रेष्ठले हालसम्म प्रतिष्ठानमा १०३ जना आजीवन सदस्य भईसकेको, अक्षयकोषमा नौं लाख जम्मा भईसकेको तथा सो अक्षयकोषको व्याज रकमले बैकुण्ठहरि श्रेष्ठको विचारलाई नया“ पिडीमा पु¥याउन “जनवाद र व्यक्तिबाद विषयमा अन्तरमाध्यमिकस्तरिय जिल्लाव्यापी बक्तृत्वकला प्रतियोगिता सञ्चालन गर्न लागेको बताउनु भयो । प्रतिष्ठानका सचिव कृष्णमोहन श्रेष्ठले सञ्चालन गरेको सो कार्यक्रममा प्रतिष्ठानका कोषाध्यक्ष दामोदर श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
Related