विकास थापा (प्रहर)। , नेपाली कांग्रेसका सभापति दुर्लभ थापाले अासन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पार्टीको बिधान बिपरित कार्य गर्ने र अन्तरघात गर्ने नेता तथा कार्यकर्तालाई हदै सम्मको कार्बाही हुने बताउनु भयो।
सूर्यबिनायक नगरपालिका वडा सभापतिहरूको भेलालाई सम्बोधन गर्दै सभापति थापाले केन्द्रीय अनुसासशन कमिटिको पत्र प्राप्त भइसकेकोले एक भोटको लागि सय भोट बिगार्ने पक्षमा अाफू नरहेको बताउनु भयो।
कार्यक्रममा उहाँले बाटोघाटो बनाएको भन्दा पनि संविधान बनाएको स्थानीयचुनाब सम्पन्न गरेको जस्ता ठूला कुराहरू जन समक्ष लान नेताहरूलाई अाग्रह गर्नुका साथै दुई दिन भित्र भक्तपुरका सम्पूर्ण वडा कार्यालय खोल्न समेत निर्देशन दिनु भयो।
कार्यक्रममा भक्तपुर क्षेत्र नं: २ प्रतिनिधि सभाका प्रत्यासि उमेद्वार पूर्ब सभामुख दमन नाथ ढुङ्गानाले अाफूलाई भक्तपुमा असहज होला जस्तो लागेको तर बिपक्षिको टिकाटिप्पणी र सञ्चारमाध्यममा अाएका समाचारले सहज बनाई दिएको बताउनु हुँदै बिपक्षीहरूलाई अाफ्ना टुरिष्ट छन् कि छैनन् हेर्न अाग्रह गर्नु भयो। उहाँले प्रजातान्त्रिक अान्दोलनमा भक्तपुरका योद्धाहरूले ठूलो योगदान पुर्याएको बताउनु हुँदै भक्तपुरको सुनौलो भबिष्य जिम्मा लगाउन अाफू उमेद्वार भएर अाएको जानकारी दिनुभयो।
कार्यक्रममा प्रदेश सभाका प्रत्यासि उमेद्वार अंगत खड्काले अाकांक्षीहरूमा टिकट नपाएकोमा दु:खि हुनु स्वभाबिक भएको बताउँदै सबैलाई बार्ताको माध्यमबाट मिलाएर लैजाने र निर्वाचन परिणाममुखि बनाउने बताए।
कार्यक्रममा बक्ताहरूले मुख भन्दा पनि रुख हेरेर भोट हाली नेपाली कांग्रेसलाई जिताउन अाग्रह गरेका थिए।त्रिपुरा न्यूजबाट
Related