वनस्पति र चराचुरुंगीबारे विद्यार्थीलाई जानकारी

325

भक्तपुर । एभरेस्ट भक्तपुर स्कुल मिवाछेंका साना विद्यार्थीलाई वनस्पति र चराचुरुंगीबारे व्यवहारिक र स्थलगत जानकारी दिन सुर्यविनायकको र गुण्डुको जंगलमा सप्ताहव्यापी अवलोकन भ्रमणमा लगिएको छ ।

विद्यालयकी संस्थापक प्रिन्सिपल कमलादेवी अमात्य राजभण्डारीको नेतृत्वमा विद्यालयका कक्षा प्लेग्रुपदेखि ३ सम्मका ४ सय ५० विद्यार्थीलाई पालैपालो जंगल शिक्षाका लागि लगिएको हो ।

शिक्षकहरु मञ्जु दाहाल, पवनकुमार वल्ल, रसना बज्राचार्य समेत सहभागी भएको सो टोलीले विद्यार्थीहरुलाई वनस्पति, जीवजन्तु, किरा फट्यांग्रा र चराचुरुंगीका साथै प्राृकतिक जीवनचक्र (इकोसिस्टम) बारे स्थलगत जानकारी गराइएको थियो । यसका साथै ती विद्यार्थीहरुलाई जंगलमा डोरीमा हिड्न सिकाउनुको साथै नाचगान समेत गराइएको थियो ।

एभरेस्ट भक्तपुर स्कुलले हरेक वर्ष साना कक्षाका विद्यार्थीलाई जंगल क्रियाकलाप अन्तर्गत जंगलमा लगेर त्यस्तो व्यवहारिक ज्ञान दिने गरेको छ ।