तामाङ भाषाको चलचित्र ‘म्लाङ प्वाँहार’को डिभिडी सार्वजनिक

428

भक्तपुर : तामाङ भाषाको चलचित्र ‘म्लाङ प्वाँहार’ अर्थात् कालो अरिङ्गालको डिभिडी आज सार्वजनिक गरिएको छ । चलचित्र निर्माण पक्षले रफत सञ्चार क्लबमा आयोजन गरेको कार्यक्रममा डिभिड सार्वजनिक गरिएका हो ।

२५ लाखको लागतमा निर्माण सम्पन्न भएको उक्त चलचित्रमा समाजका गरिब, निमुखा, बिपन्न र उत्पीडनमा परेका वर्गमाथि पुँजीपति वर्गले गरेको अन्याय, अत्याचार, शोषण र राजनीतिक बिकृति विरुद्ध व्यङ्ग गरिएको चलचित्रका निर्माता एवं खलनायक बिकु थोकरले जानकारी दिनुभयो ।

कार्यक्रममा लामागुरु लाक्पा दोर्जे तामाङले ‘म्लाङ प्वाँहार’ चलचित्रको डिभिडी सार्वजनिक गर्दै आर्थिक अभावका कारण तामाङ चलचित्र निर्माण हुन नसकेको अवस्थामा यो चलचित्रले आर्थिक लाभ पनि गर्न सफल भएको बताए ।
चलचित्रमा नायक जगे लोप्चन, नायिक सुनिता लुङ्बा, खलनायकमा बिकु थोकर, आइटम डान्समा सृजना तामाङ, सुस्मा मुक्तान, सफल दोङ लगायतका कलाकारहरुको भूमिका रहेको छ । चलचित्रको निर्माण थोकर फिल्म्स प्रालीको ब्यानरमा भएको हो भने निर्देशन शंकर मर्हजनले गरेका छन् ।

चलचित्रमा संगीत बिशाल कल्ताङ र बिशाल थीङको छ भने रचना कुमार श्याङबाको रहेको छ । यस चलचित्रको कथा रितुराज पार्खिनले लेखेका छन् । चलचित्रको नृत्य निर्देशन अजय श्याङ्तानले गरेका छन् ।
देशका १४ जिल्लाको ३५ ठाउँमा प्रर्दशन गरिएको उक्त चलचित्रबाट आम्दामी भउको ३५ लाख मध्ये १५ लाख रुपैया गुम्बा, मन्दिर, निर्माणमा सहयोग पुर्याउनुका सार्थ मिर्गौला तथा क्यान्सर रोगीका उपचारमा समेत खर्च गरेको निर्माता थोकरले जानकारी दिनुभयो ।