एसओएस वालग्रामको अध्ययनमा ट्रिटनका विद्यार्थी

644

भक्तपुर । ‘वालवालिकाको मायालु घर’को रुपमा परिचित नेपालको पहिलो एसओएस वालग्राम सानोठिमीमा गएर ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुल सुविधानगर, तिनकुनेका विद्यार्थीहरु दंग परेका छन् ।

प्राइमरी इन्चार्ज विद्या देउलाको नेतृत्व तथा विद्यालयका निर्देशक राजन सुवेदी तथा नेपाली शिक्षक कविता खत्रीसमेतको सो टोलीमा कक्षा ४ र ५ का २१ विद्यार्थी वालग्राम गएका थिए ।

वालग्रामका छोराछोरीको बस्ने ठाउँ, उनीहरुको घर बगैंचा, उनीहरु पढ्ने वालग्राम संगैको हर्मन माइनर विद्यालय, त्यहाँका वालवालिकाको क्रियाकलापबारे ट्रिटनका विद्यार्थीले चासोपुर्वक अध्ययन गरेका थिए । यसका साथै उनीहरुले वालग्रामको सेरामिक तालीम केन्द्रको पनि अवलोकन गरेका थिए ।