काठमाडौं क्षेत्र नम्बर ३ : कागेश्वरी मनहरामा उम्मेदवारसहित कांग्रेसको घरदैलो कार्यक्रम

318

काठमाडौं – नेपाली कांग्रेसको तर्फबाट काठमाडौं क्षेत्र नम्बर ३ का उम्मेदवारसहित कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर २ मा चुनावी घरदैलो कार्यक्रम भएको छ ।

कांग्रेसको तर्फबाट प्रतिनिधिसभा उम्मेदवार अम्बिका बस्नेत र प्रदेशसभा उम्मेदवार बिमल ठकुरीसहितको टोली घरदैलोमा गएको हो ।

त्यसक्रममा उम्मेदवारद्वयले मतदाता सामु आफ्नो प्रतिबद्धता व्यक्त गर्दै भोट माग्नुभएको थियो । सोमबार भएको घरदैलो कार्यक्रममा नेपाल तरुणदल काठमाडौं जिल्ला सभापति कृष्णजी खड्का, नगर उपसभापति सुरज खड्का, कागेश्वरी मनहरा नगरापालिका–२ आलापोटका तरुण दल सभापति रोशन बस्नेतसहितका नेता कार्यकर्ता सहभागी हुनुहुन्थ्यो ।

प्रतिनिधिसभा उम्मेदवार बस्नेतले महिला सशक्तिकरण तथा युवा, बालबालिका, महिलालाई मध्यनजर गरी उनीहरुको हकअधिकार, सामाजिक सुरक्षाको उचित व्यवस्था गर्ने मतदातासँग बताउनुभएको छ । यस्तै प्रदेशसभा उम्मेदवार बिमल ठकुरीको युवाहरुको भावना अनि चाहना बमोजिम अघि बढ्ने भन्दै भोट माग्नुभएको छ ।