‘ओत्सुका पुरस्कार २०७४’ घोषणा

319

काठमाडौं । जापानी महिला स्वयमसेवी ओत्सुकाले क्षयरोगबाट मृत्यु भएका आफ्ना स्वर्गीय पतिको स्मृतिमा १२ वर्षअघि स्थापना गरेको जापानी ‘ओत्सुका पुरस्कार २०७४’ घोषणा गरिएको छ ।
नेपाल क्षयरोग निवारण संस्था केन्द्रीय कार्यालयको पहलमा ३ लाख रुपैयाको अक्षयकोषबाट स्थापित सो पुरस्कार हरेक वर्ष क्षयरोग रोकथाम तथा नियन्त्रणको क्षेत्रमा काम गर्दै आएका उत्कृष्ट जिल्ला शाखा, स्माजसेवी र कर्मचारीहरुलाई दिइने गरिएको छ । अक्षयकोषको ब्याजबाट सो पुरस्कार दिँइदै आएको हो ।
संस्थाका केन्द्रीय अध्यक्ष देवेन्द्र बहादुर प्रधानका अनुसार यो वर्ष सो पुरस्कार पाउनेहरुमा उत्कृष्ट स्वयमसेवकतर्फ नेपाल क्षयरोग निवारण संस्था संखुवाभाका जिल्ला सभापति नारायण कटुवाल, उत्कृष्ट शाखातर्फ बाँके जिल्ला शाखा र उत्कृष्ट कर्मचारीतर्फ संस्थाको केन्द्रीय कार्यालयका कर्मचारीद्वय प्रतिक्षा नेपाल र जुनु बुढाथोकी रहेका छन् ।
जनही नगद ५ हजार राशी तथा सम्मानपत्र सहितको ओत्सुका पुरस्कार नेपाल क्षयरोग निवारण संस्था स्थापनाको ६४ औं वार्षिकोत्सवका अवसरमा बुधबार प्रदान गरिने संस्थाले जनाएको छ ।