काठमाडौ । अब नेपालीले घरमै बसी–बसी संसार घुम्ने चाहनालाई पुरा गर्ने भएका छन् । पर्यटन क्षेत्रमा यो नौलो प्रयासको थालनी गरेका हुन अमेरिका निवासी नेपाली मुलका युवा ब्यवसायी हब खड्काले ।
यस अघि बिदेश भ्रमणका लागि आफु घुम्न जाने ठाउँका प्रवेशषाज्ञा (भिषा) हवाई टिकट, होटल बुकिङ लगायतका काम ट्राभल एजेन्सी मार्फत मात्र सम्भव हुन्थ्यो । तर नेपाली बैंककै एटीएम या क्रेडिट कार्डद्वारा यि सबै कुरा खडकाले सम्भव बनाएका हुन ।
सो सुविधा अब अमेरिकाको क्यालिफोर्नियाबाट खड्काद्धारा सञ्चालित एक्सलट्रिपले यो सबै झण्झटबाट मुक्ति दिलाउने भएको खड्काका नेपालस्थित आफन्त सञ्चारकर्मी लक्ष्क्ष्मी भण्डारीले राजधानीलाई बताईन ।
लामो समयदेखी अमेरिकामा बिभिन्न ब्यवसाय गर्दै आइरहेका खड्काले आफ्नो कम्पनीमार्फत विश्वभरका ९ मुलुकमा मात्रै उपलब्ध सो सेवा नेपालमा पनि भर्र्खरै शुरुवात गरेका हुन् ।
पुर्णरुपमा ‘ब्लकचेन टेक्नोलोजी’ प्रयोग गरेर शुरुवात गरिएको ‘एक्सलट्रिप डिसेन्ट्रलाइज्ड ट्राभल ईकोसिस्टम’द्वारा संचालित छ । जुन सिस्टमद्धारा यात्रुबारे पूर्ण सूचनाको साथै यात्रा गर्ने स्थान, होटल लगायत सेवा प्रदान गर्नेहरुको सम्पुर्ण जानकारी प्राप्त गर्न सकिन्छ । यसबाहेक कम्पनीले स्मार्ट फोन एपको सहायताले आवश्यक सेवा, सोसल मिडिया, लोकेशन ट्रयाकिङ का साथै कस्टमाइज कन्टेन्टबारे पनि पुर्व जानकारी उपलब्ध गराउँछ ।
अन्तराष्ट्रिय शेयर बजारका लगानीकर्ता खड्का अमेरिका लगायत संसारका ३ दर्जन भन्दा बढी मुलुकका टेक्नोलोजी स्टार्टअप कम्पनीहरुमा आफ्नो भेन्चर क्यापिटल फर्म मार्फत लगानी गरिसकेका र निश्चित रकम नेपाल लगायत सिमान्तकृत मुलुकका शिक्षा, स्वास्थ्य र बालबालिकाका लागि सहयोग गर्दै आइरहेका छन् ।
पुर्ण रुपमा ब्लकचेन टेक्नोलोजी प्रयोग गरिएको उनको एक्सलट्रिप संसारकै पहिलो डिसेन्ट्रलाइज्ड इको–सिस्टमयुक्त रहेको दाबी गरिएको छ ।
ब्लकचेन टेक्नोलोजीलाई सुरक्षित लेजर समेत भनिन्छ । ग्राहाकको ब्यक्तिगत जानकारी लगायत कार्ड प्रोटेक्सनको लागी प्रयोगमा ल्याइएको यो टेक्नोलोजी पुर्ण रुपमा ट्राभल ईको सिस्टमलाइ डिसेन्ट्रलाइज बनाउन सफल छ ।
खडकाका अनुसार एड्भान्स टेक्नोलोजी प्रयोग द्धारा पर्यटन क्षेत्रलाई चुस्त र छरितो बनाउन तथा दु्रत सेवा प्रदान गर्नका लागि सेवा सञ्चालनमा ल्याईएको हो ।
आफ्नै घरमा बसेर मोबाइलबाट संसारका मन परेका स्थानबारे जानकारी लिने मात्र नभई बिना झण्झट उक्त स्थानमा पुग्न सकिने सेवा दिन शुरु गरिएको सो प्रयास नेपाली पर्यटनका क्षेत्रमा अत्यन्तै नौलो आयाम सावित हुने पनि खड्काको दाबी छ ।
हरेक सेवाग्राहीका ब्यक्तिगत र डेबिट–क्रेडिट कार्ड बिवरण गोप्य राखेर यात्रुहरुका लागी सबैभन्दा ठुलो ग्लोबल थ्रेट समाधान गर्ने काम पनि यसले गर्नेछ ।
अमेरिका र यशियाका बिभिन्न स्थानमा करिब ३ दर्जन ब्लकचेन ब्यावसाय सञ्चालन गरिसकेका खड्का नेपालमा यो सेवा भित्र्याउन लामो संघर्षबाट मात्रै संभव भएको बताउँछन् ।
विश्वब्यापी रुपमा यस इकोसिस्टमयुक्त चेन ब्यवसाय शुरु गर्न उनको ६ मिलियन अमेरिकी डलर शुरुवाती लगानी रहेको छ । यसैको माध्यमद्धारा नेपाली पर्यटन क्षेत्रलाई टेवा दिँदै नेपालमै हजारौं रोजगारी सृजना गर्ने योजना करिब ५० प्रतिशत पुरा भइसकेको छ ।







































