एमाले नेता खनालमाथिको आक्रमणको निन्दा

271

काठमाडौं– नेकपा एमालेले पार्टीका वरिष्ठ नेता एवं प्रतिनिधिसभा सदस्य इलाम–१ का उम्मेदवार झलनाथ खनाललाई लक्षित गरी बम प्रहार भएकामा चिन्ता व्यक्त गरेको छ ।

निर्वाचन प्रचारका क्रममा रहनुभएका नेता खनाललाई इलाम सूर्योदय नगरपालिका–३ तीनखुट्टेमा आक्रमण गरिएकामा एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीले आज विज्ञप्ति जारी गरी निन्दा व्यक्त गरेको हो ।

विभिन्न नेता र उम्मेदवारमाथि हमलाको शृंखला बढ्नुले सुरक्षामा प्रश्न उत्पन्न भएको जनाउँदै कमिटीका प्रवक्ता विष्णु रिमालले जारी गरेको विज्ञप्तिमा सुरक्षा प्रत्याभूतिको माग गरिएको छ ।