स्वयम्सेवीहरूमाथि एमालेका उम्मेदवारद्वारा आक्रमण

437

भक्तपुर । भक्तपुर क्षेत्र नं. १ मा पर्ने भक्तपुर नगरपालिकाको वडा नं ६ मा स्वयम्सेवीहरूमाथि एमालेको दस्ताले विवेकहीन आक्रमण गरेको छ ।

भनपा वडा नं. ६ को वडा कार्यालय निर्वाचन केन्द्रको करिब २०० मिटर बाहिर भोलाछेंमा मतदाताहरूलाई मतदाता नम्बर र क्रमसङ्ख्या भिडाएर सहयोग गरिरहेका स्वयम्सेवीहरुमाथि एमालेका प्रदेशसभा सदस्य उम्मेदवार रोमण शिलाकारसँगै आएको एमालेले भाडामा लिएको गुण्डा टोलीले स्वयमेसेवीहरूमाथि एक्कासी आक्रमण गरेको हो ।

स्वया्सेवीहरूले कुनै पार्टीको होइन, कुनै पार्टीको प्रचार गरिरहेको होइन भन्दा पनि कुरै नसुनी ती गुण्डाहरूले विद्यार्थी, महिला, वृद्धवृद्धा केही नभनी हातपात गरका थिए ।

स्वयम्सेवीहरूको बचाउमा उभिएका नेपाल क्रान्तिकारी युवा संघका निवर्तमान केन्द्रीय अध्यक्ष प्रकाश थुसामाथि पनि आक्रमण गरिएको थियो ।

आक्रमणमा परी स्थानीय प्रकाश थुसा, पूर्व वडाध्यक्ष कृष्णराम थुसा, केशव सत्ता, चन्द्र केशरी कुसाथा, रामदेवी थुसालगायत एक दर्जन स्थानीय घाइते भएका छन् ।

नेक्रायुसंघका निवर्तमान अध्यक्ष प्रकाश थुसाले विवेक र तर्कलाई वास्तै नगरी निर्दोष स्वयम्सेवीहरू र स्थानीय जनतामाथि एमालेका गुण्डाहरूको आक्रमणको निन्दा गर्नुभयो ।

 तिनीहरू पराजित मानसिकताले निर्वाचन भाँड्ने उद्देश्यले परिचालित रहेको अनुमान उहाँले गर्नुभयो ।