पूर्व सभामुख दमननाथ ढुंगालाई भारी मत अन्तरका साथ पराजित गर्दै भक्तपुर क्षेत्र नं २ मा वाम गठबन्धनका उम्मेदबार महेश वस्नेत विजयी भएका छन् ।
एमालेका वस्नेतले ३६ हजार चार सय १२ मत पाउँंदा दमनले १८ हजार ६ सय ८५ मतमा सिमित हुनुपरयो ।
यसअघिको संबिधान सभा निर्वाचनमा पनि एमालेबाट सोही क्षेत्रमा उम्मेदबार रहेको महेश वस्नेत तेश्रो भएका थिए ।
त्यो बेला कांग्रेसका रामेश्वर ढुंगेल विजयी भएका थिए भने नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापति दोश्रो भएका थिए । तेश्रो भएको महेशले त्यो बेला झण्डै १५ हजार मत ल्याएका थिए ।
यसअघि भक्तपुर क्षेत्र न २ क मा पनि बाम गठबन्धनकै शशीजंग थापा विजयी भएका छन् । उनले १९हजार पाँंच सय १५ पाएका छन् । उनका निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका अंगद खडकाले नौ हजार एक सय १५ मत पाएका छन् ।
यस्तै मध्यपुर प्रदेशमा पनि नेपाली काँग्रेसका गणेसमान चक्रधरलाई पछि पार्दै बाम गठबन्धनका नै राजेन्द्रमान श्रेष्ठले जीत हाँसिल गरेका छन् ।