भक्तपुर क्षेत्र नं १ क मा एमालेका लामिछाने र ख मा नेमकिपाका गोसाईं विजयी

529

भक्तपुर । भक्तपुर क्षेत्र नं १ को क प्रदेश सभामा बामगठबन्धनका तर्फबाट एमालेका हरिशरण लामिछाने विजयी भएका छन् । लामिछानेले काँग्रेसका जीवन खत्रीलाई हराएका हुन् ।

एमालेका लामिछानेले १२ हजार ७ सय ८९ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका खत्रीले ९ हजार ७ सय ७७ मा चित्त बुझाएका छन् ।

यस्तै, नेमकिपाका निरज लवजुले ७ हजार १९ मत प्राप्त गरेका छन् ।

यस्तै, भक्तपुर क्षेत्र नं १ को ख प्रदेश सभामा नेमकिपाका सुरेन्द्रराज गोसाई विजयी भएका छन् ।

उनले २३ हजार ८ सय ८३ र बामगठबन्धनका रोमन सिलाकारले ८ हजार ८६ सय मत प्राप्त गरेका छन् ।

यस्तै, काँग्रेसका अनिल भुजुले ५ हजार ४ सय ४३ मत प्राप्त गरेका छन् ।