नेशनल प्याब्सनको समानान्तर समिति गठन हुने 

493

 भक्तपुर । नेशनल प्याब्सन जिल्ला कार्य समिति भक्तपुरको स्वेच्छाचारी निणय र , व्यवहार निरंकुश कार्यशैलीका कारण भक्तपुरमा प्याब्सनको समानान्तर समिति गठन हुने सम्भावना बढेको छ ।

नेशनल प्याब्सन केन्द्रिय सदस्य लगायत जिल्ला उपाध्यक्ष,जिल्ला सहकोषाध्यक्ष,सदस्य लगाएतका हरुले प्रेस विज्ञप्ती जारी गर्दै जिल्ला कार्य समिति भक्तपुरका अध्यक्ष जी.बी. खड्काले पाँचौं जिल्ला अधिवेशनबाट निर्विरोध निर्वाचित पदाधिकारी र सदस्यहरुलाई गर्दै आएको स्वेच्छाचारी निर्णय, व्यवहार र निरंकुश कार्यशैली, चितवनमा सम्पन्न छैटौं राष्ट्रिय महाधिवेशनका विरुद्धमा गरिएका अनर्गल प्रचार र चितवनमा २०७४ कार्तिक १८ गते जिल्ला समितिले गरेको सर्वसम्मत निर्णय विपरित गरेको निर्वाचन बहिष्कार प्रति असहमती र गम्भिर ध्यानाकर्षण गर्दै यस्तै शैली रहेका खण्डमा समानान्तर समिति गठन गर्ने चेतावनी दिएका छन्  ।

फरक विचार, मत र आस्था भएका सदस्यहरुप्रति नेशनल प्याब्सनको विधि–विधान विपरित गरिएका सबै खालका क्रियाकलापहरुको कडा विरोध गर्दै खेद एवं आपत्ति प्रकट गर्दछौं केन्द्रिय सदस्य राजेन्द्र कोजुले बताउनुभयो ।

अध्यक्षका व्यक्तिगत अभिष्ट र स्वार्थ पूरा गर्न २०७४ पौष १ गते आह्वान गरिएको साधारण सभा नेशनल प्याब्सनको विधान सम्मत नभएको ठहर गर्दै त्यस सभामा कुनै पनि सदस्यहरु सहभागि नबन्न र अवैधानिक साधारण सभा बहिष्कार गर्न सम्बन्धित सबैमा आह्वान गर्दछौं उहाँले भन्नुभयो  ।

अध्यक्षको यस्तै रवैया कायम रहेमा र उक्त कथित साधारण सभाबाट कुनै अप्रिय निर्णय भएमा त्यसका विरुद्ध तत्काल विशेष अधिवेशन आह्वान गरी समानान्तर जिल्ला समिति गठन गर्ने चुनौति दिँदै तत्काल यो निरंकुश र स्वेच्छाचारी कार्य बन्द गर्न खुला आह्वान गर्दै केन्द्रिय सदस्य राजेन्द्र कोजु , जिल्ला उपाध्यक्ष विश्वराम दुवाल , जिल्ला सह कोषाध्यक्ष रत्न वहादुर राई , जिल्ला सदस्य कमल सुवाल र सदस्य रामगोपाल चौगुठीले सँयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्नुभएको छ ।