चीनका चर्चित ‘स्टन्ट’ यानगिङको ६२ तल्लाबाट खसेर निधन

372

बेइजिङ– चीनको इन्टरनेट स्टार हुँ यानगिङको खतरनाक स्टन्ट गर्ने क्रममा ६२ तल्लाको बिल्डिङबाट खसेर निधन भएको छ। स्टन्टको दुनियाँमा उनी स्टार मानिन्थे। उनको उमेर २६ वर्षको थियो।

यानगिङ ठूलो बिल्डिङमा स्टन्ट गरेको भिडियो सोसल मिडिया एप विबोमा अपलोड गर्ने गर्थे। त्यति बेला पनि उनी खतरनाक स्टन्ट गर्दै थिए। उनले यसका लागि ६२ तल्लाको बिल्डिङको छनोट गरेका थिए।

स्टन्ट गर्दा उनको पकड कमजोर भएपछि तल खसेका थिए। यो स्टन्टका लागि उनलाई १२ लाख ३२ हजार रुपैयाँ अफर भएको थियो।

दुर्घटनाको पूरै भिडियो क्यामरामा कैद भएको छ। यानगिङले स्टन्ट गर्नुभन्दा केही अगाडि क्यामरा जडान गरेका थिए। घटनाको केही समयपछि सफाइ कर्मचारीको आँखा यानगिङको शरीरमा परेको थियो।

नको निधन ८ नोभेम्बरमा भएको तर घटना ८ डिसेम्बरमा मात्र सार्वजनिक भएको बताइएको छ।

करिब एक महिना यता उनको भिडियो पोस्ट नभएपछि उनका समर्थक व्याकुल बनेका थिए।  यानगिङकी साथी जिनजिनले बेइजिङ न्युजलाई दिएको जानकारी अनुसार यो स्टन्ट सफलतापूर्वक सम्पन्न गरेपछि दुवैको विवाह गर्ने योजना थियो।

लाइभ स्ट्रिमिङ भिडियो साइट ‘भोल्कानो’मा यानगिङको ३ सय भिडियो अपलोड छ भने १० लाख फलोअर्स छन्। लाइभ स्ट्रिमिङ बापत उनले ८ लाख ४८ हजार रुपैयाँ पाउँदै आइरहेका थिए। जिनजिनका अनुसार जुन बिल्डिङमा दुर्घटना भएको थियो, त्यो बिल्डिङको ४४ तल्ला मात्र खुला हुने गर्थ्यो।

बन्द रहने गरेको बाँकीको १८ तल्लामा यानगिङ स्टन्ट गरेर पुगेको हुन सक्ने बताइएको छ। उनको निधनले उनका फलोअर्सलाई दुःखी तुल्याएको छ। उनीहरूले सोसल मिडियामा यानगिङको निधनप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।