भक्तपुर । पुर्ण शाक्षार जिल्ला घोषण भएको जिल्लाका रुपमा भक्तपुर रहे पनि भक्तपुरमा हाल सम्म पनि हजारौं विद्यार्थी विद्यालय वाहिर रहेका छन् ।
शिक्षा विभागको तथ्याङ्गक अनुसार २०७३ सालको आँकडा अनुसार भक्तपुरमा ४२०४ विद्यार्थीे हाल सम्म पनि विद्यालय बाहिर रहेका छन् ।
अनिर्वाय शिक्षाका लागि विद्यार्थी भर्ना कार्यक्रम देश ब्यापी रुपमा ठुलै जनशक्तीका साथ लागु हुँदा पनि भक्तपुरमा नै हाल सम्म पनि ४२०४ विद्यार्थी विद्यालय वाहिर रहेका छन् ।
भक्तपुरमा प्राथमिक तहमा छात्रा तर्फ ५१८ र छात्र ८४३ गरि जम्मा १३६१ विद्यार्थी विद्यालय वाहिर रहेका छन् भने आधारभूत तहमा १११८ छात्रा र १७२५ छात्र गरि जम्मा २८४३ विद्यार्थी विद्यालय बाहिर रहेको विभागले जनाएको छ ।
विभागका अनुसार देश भर हाल ५ लाख ३३ हजार ६ सय ८७ विद्यार्थी विद्यालय वाहिर रहेका छन् ।
जसमा आधारभूत तहमा सवै भन्दा बडि विद्यार्थी विद्यालय वाहिर रहेका १५ जिल्लामा धनुषा , सर्लाही,मोरङ,रौतहट,पर्षा , सिराह , कपिलवस्तु , काठमाण्डौं, रुपन्देही , सुनसरी , सप्तरी महात्तरी , बाँके र दाङ रहेका छन् ।
विद्यार्थीहरु गरिवीका कारण विद्यालय पहुँचका कारण अपाङ्गताका आदि कारणले धेरै विद्यालय बाहिर रहेका विभागले जनाएको छ ।
देश भर हाल कुल विद्यार्थी संख्याको ९ प्रतिषत विद्यार्थी आधारभुत तह बाट नै बञ्चित रहेका छन् ।