भैरहवा। नेपाल जेसीजको ४४ औं महाधिवेसनको सन्दर्भमा पुस ८, ९ र १० गते भैरहवामा देशैभरीका युवाहरु भेला हुने भएका हुन् ।
महाधिवेसनको तयारी अन्तिम चरणमा पुगेको छ । ८ गते भैरहवाको महेन्द्रसभा गृहमा राष्ट्रपति विद्यादेवी भण्डारीले महाधिवेसनको उद्घाटन गर्नेगरी कार्यक्रमको तयारी अन्तिम चरणमा पुराइएको महाधिवेशन निर्देशक महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए । निर्देशक श्रेष्ठले भने ‘महाधिवेसनको उद्घाटन ८ गते भब्य तरिकाले हुन्छ । ९ गते भैरहवामा शान्ति रयाली हुन्छ । १० गते नयां नेतृत्वकोलागी चुनाब हुन्छ । यो बीचमा विभिन्न तालिम तथा गोस्ठी पनि हुनेछन् ।
देशैभरीबाट आउने युवाहरुलाई बसाल्नकोलागी बेलहियादेखी भैरहवाको ब्रमेलीटोल सम्मका २ हजार ५ सय भन्दा बढी होटलका बेड बुक भईसकेको महाधिवेसनको आयोजक संस्था जेसीआई सिद्धार्थ नेपालका अध्यक्ष सुमन शर्माले जानकारी दिएका छन् ।
नेपाल अम्बुजा सिमेन्ट उद्योग मुख्य प्रायोजक रहेको महाधिवेसन स्थल महेन्द्रसभागृहको बाहिर पट्टि स्थानिय उद्योगबाट उत्पादीत विभिन्न ३२ किसीमका स्टल राखिने भएको छ ।
सन् १९७५ मा स्थापना भएको जेसीआई सिद्धार्थले आयोजना गर्ने महाधिवेसनले ५ नम्बर प्रदेशकै मुलद्धार भैरहवा भन्सार, सेज, विश्व पर्यटनको केन्द्र लुम्बिनी, तथा विभिन्न उद्योग व्यापारको प्रबद्र्धन गर्ने तथा नयां नयां सोच र चिन्तनका साथ अगाडी बढ्न समुहगत प्रेरणाप्रदान गर्ने अपेक्षा लिइएको छ । नेपालमा १९६४ मा स्थापना भएको नेपाल जेसीजको अहिले देशभरी १३८ वटा शाखा रहेका छन् । महाधिवेशन सम्पन्न गर्न करिब १ करोड ३५ लाख खर्च हुने र आम्दानी तर्फ रजिस्ट्रेशन एवं विज्ञापनदाताको सहयोग रहेको आयोजकले बताएका छन् ।
भैरहवामा आउने प्रतिनिधी र पर्यबेक्षककोलागी सबैभन्दा राम्रो आतिथ्यता गर्नेगरी तयारी अन्तिम चरणमा पुराएको आयोजकले जनाएका छन् । नेपाल जेसीजको नयां नेतृत्वकोलागी रामग्राम जेसीजका पुर्व अध्यक्ष श्रीधर बस्याल र इटहरी जेसीजका पुर्व अध्यक्ष महेश पौडेलको चर्चा छ ।







































