टोखामा गोली चल्यो, दुलाल घाइते

320

काठमाडौं । काठमाडौंको टोखास्थित झोरको जंगलमा बुधबार दिउँसो गोली चलेको छ । गोली लागेर एक जना महिला घाइते भएकी छिन् ।

घाइते हुनेमा स्थानीय ३५ वर्षीया दुर्गा दुलाल छिन् । नेपाल प्रहरीका एसपी रामदत्त जोशीले अनलाइनखबरलार्इ दिएकाे जानकारी अनुसार उनी घाँस काट्न गएको वेला गोली लागेको थियाे ।

स्थानीय युवकहरुले शिकार गर्ने क्रममा गोली चलाएको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुमान छ । थप अनुसन्धान भइरहेको छ ।

दुलाल खतरामुक्त 

प्रहरीका अनुसार दुलालको कुममा गोली लागेको छ । उनको काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

उपचारमा संलग्न चिकित्सकहरूले उनी अहिले खतरामुक्त रहेकाे बताएका छन् ।