काव्यमा अन्तर सदनात्मक नृत्य प्रतियोगिता

653

काठमाडौं । काव्य स्कुल नयाँ बानेश्वरमा अध्ययनरत विद्यार्थीवीच अन्तर सदनात्मक नृत्य प्रतियेगिता आयोजना गरिएको छ । कक्षा १ देखि ९ सम्म सञ्चालित सो प्रतियेगितामा कक्षा १ देखि ३ तर्फ वनकुसुम सदनकी मारिका डंगोल, शाकुन्तल सदनकी अग्रता बस्नेत, सुलोचना सदनकी सुनिस्का घर्ती र वनकुसुम सदनका उज्ज्वल राणाले क्रमशः पहिलो, दोस्रो, तेस्रो र सान्त्वना पुरस्कार पाए ।
यसैगरि कक्षा ४ देखि ६ सम्म वनकुसुमका शुभम राजभण्डारी, प्रोमेथेसका आयुश राजभण्डारी, वनकुसुमकै प्रिजम अर्याल, र प्रोमेथसका सेफिना कुटुले पहिलो, दोस्रो, तेस्रो र सान्त्वना पुरस्कार जिते ।
यसरी नै ७ देखि ९ कक्षासम्म वनकुसुमकी लोसिना शाक्य, शाकुन्तलका सुप्रिया थापा, वनकुसमकै सृष्टि लामिछाने र शाकुन्तलकी सिन्धु लामाले क्रमशः पहिलो, दोस्रो, तेस्रो र सान्त्वना पुरस्कार पाए ।
यसरीनै वनकुसुमका सुमन गुरुंगले बेष्ट कन्फिडेण्ट, शाकुन्तलका पियाशा श्रेष्ठले बेस्ट स्टेप, वनकुसुमका लोसिना शाक्यले बेष्ट फलेक्जिबिलिटी, शाकुन्तलका जेनिशा भटट्राईले बेष्ट एक्स्प्रेशनको उपाधि पाए ।
शाकुन्तलका आरुष भुर्तेल, प्रोमेथसका स्वरुप पोखरेल, शाकुन्तलका आलिया घिमिरे, प्रोमेथसका आयुष राजभण्डारी, सुलोशचनाका सुनिस्का घर्ती, शाकुन्तलका अग्रता बस्नेत र वनकुसुमका स्मारिका डंगोलले क्रमशः बेष्ट एक्टर, स्विट डान्स, क्युट डान्स, पिपल्स च्वाइस, बेस्ट हेयर, बेस्ट मेकअप र बेस्ट ड्रेसअपको उपाधि जिते ।
विद्यालयका संस्थापक प्रिन्सिपल नवराज बास्कोटाले उद्घाटन गरेको सो प्रतियोगिताको निर्णायक मण्डलमा नेपाल नृत्यकार संघका उपाध्यक्ष तथा नृत्य निर्देशक सञ्जय शर्मा राजोपाध्याय, नृत्य निर्देशक दिपिका थापा र नृत्य ननिर्देशक जमुना महर्जन थिए । विद्यालयकी नृत्य शिक्षिका रिता डंगोलको संयोजकत्वमा सो प्रतियेगिता भएको थियो ।