काठमाडौं । करियर विल्डिङ्ग इन्टरनेशनल एकेडेमी अन्र्तगतको करियर स्काउट ट्रुपमा आवद्ध भर्खरै तालीम सकेका ४४ जना नवस्काउटलाई स्काउट दिक्षा दिइएको छ ।
करियर स्काउट ट्रुपका इकाई अध्यक्ष तथा विद्यालयका प्रिन्सिपल हेम राई, विद्यालय संयोजक दिपेन्द्रकुमार श्रेष्ठ तथा स्काउट शिक्षक शरण महर्जनले उनीहरुलाई स्काउट दिक्षाका साथै स्कार्फ र सदस्यताको ब्यायज दिएका थिए ।
विद्यार्थीलाई अनुशासित, आत्मनिर्भर र स्वावलम्वी बनाउने उद्धेश्यसहित विद्यालयमा विगत ३ वर्षदेखि स्काउट कक्षा सञ्चालनमा रहेको छ ।