मन्दिरको प्रसाद खाँदा बालिकाको मृत्यु

341

भक्तपुर ।घरमा खेलिरहेको वच्चा एकासि वेहोस भएपछि घरका मान्छे अतालिए ।

के अनर्थ भयो भनि हल्लीखल्ली हुंदा घर नजिकैको इच्छेश्वर महादेवलाई चढाएको लड्डु खाएको भन्ने कुरा सुन्नमा आएको ४ दिनपछि सूर्यविनायक नगरपालिका वडा नं.१० देउजागाउँ वस्ने रमेश ङाखुसीका ७ वर्षकी जेठी छोरी समृद्धी ङाखुसीको विहिवार दिउसो शिक्षण अस्पताल महाराजगंजमा मृत्यु भयो ।

पुस ३ गते वेलुकादेखि बेहोस वालिका ५ गते वेलुकादेखि रगत छादेको र विहिवार दिउसो मृत्यु भएको जानकारी परिवारले दिएको हो ।
स्थानीय भक्तजनले चढाएको लड्डु पुजारीले टिपेर रमेश ङाखुसीलाई दिएको र आधा आधा गरि दुई छोरीहरुलाई खुवाउंदा सो घटना भयो । रमेशका १८ महिनाकी कान्छी छोरी सम्पदा ङाखुसी भने उपचार पछि अस्पतालवाट विहिवार नै घर फर्केकी छिन ।
उपचारमा संलग्न चिकित्सकका अनुसार लड्डुमा भांङ्ग र धतुर रहेको खुल्न आयो । खाएको १५ मिनेटमै बेहोस हुने र मान्छेको ज्यानै जाने कडा खालको भांङ्ग र धतुर मिसाई कस्ले लड्डु बनायो र भगवानका नाममा चढाई मानिसको ज्यानै लिनेसम्मको अपराध कस्ले गर्न सक्¥यो भनि जिल्ला भरिनै खैलाबैला हुंदा पनि प्रहरी प्रशासन केही थाहा नपाएको गरि चुप वसिरहेको परिवारको आरोप रहेको छ ।