दक्षिण एशियाली वालभेलामा भाग लिन एभरेस्टका विद्यार्थी भारततर्फ

387

भक्तपुर । ५७ औं दक्षिण एशियाली एकिकृत वालभेलामा भाग लिन एभरेस्ट इंगलिस स्कुलका एकदर्जन विद्यार्थी तथा स्काउटहरु शुक्रबार भारतको हरिद्वारतर्फ लागेका छन् ।
दक्षिण एशियाली वाल मञ्चको आयोजनामा हुन लागेको १० दिने सो कार्यक्रममा नेपाल, भारत, बंगलादेश र भुटानबाट एकसयभन्दा बढी विद्यार्थीले भाग लिँदैछन । वालभेलामा विद्यार्थीहरुले आआफ्नो मुलुकका कला संस्कृति सम्पदा झल्काउने प्रदर्शनी गर्नुका साथै आफुमा नीहित प्रतिभा देखाउने मौका पाउँछन ।
एभरेस्ट इंगलिस स्कुलका शिक्षक एवम् स्काउट गुरु पवनकुमार वल्लको नेतृत्वमा शिक्षकद्वय श्रीराम अछामी र सरिता श्रेष्ठ सहित रहेको सो टोलीमा विद्यार्थीहरु आस्था दुवाल, मानषि थपलिया, लुज शिल्पकार, आयुषा राजलवट, रोज्मा खोटेजा, पलिस्था बज्राचार्य, स्नेहा घिसिंग, निहारिका महर्जन, शुभश्री त्वायना, प्रविन भण्डारी, प्रशान्त जोशी र सयुश अमात्य सहभागी छन ।
भारततर्फ प्रस्थान गर्नुअघि उनीहरुलाई विद्यालयका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी तथा भाइस प्रिन्सिपल कमलादेवी अमात्य राजभण्डारीले विद्यालयमा आयोजित एक कार्यक्रममा विदाई गरेका थिए ।
नेपाल, भारत, बंगलादे,श भुटान लगायतका मुलुकमा वर्षमा हरेकवर्ष आयोजना हुँदै आएको सो वालभेला नेपालमा पनि ३ पटक आयोजना भईसकेको छ ।
एभरेस्ट इंगलिस स्कुलका विद्यार्थी विगत १७ वर्षदेखि सो वालमञ्चको कार्यक्रममा भाग लिँदै आएका छन् ।
यसैगरि एभरेस्ट इंगलिस स्कुलका विद्यार्थीसंगै काभ्रेका स्काउट शिक्षक नरेन्द्र प्रधानको नेतृत्वमा काभ्रेका १५ जना विद्यार्थी पनि शुक्रबार नै भारतर्फ प्रस्थान गरेका छन् ।