अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको तयारी पूरा

408

धनगढी । बुधबारबाट धनगढीमा आयोजना हुने ८ औ अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक सुदुरपश्चिमाञ्चल गोजुरियो कराते दो सघले मंगलबार धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो ।

धनगढी रगशालामा सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको प्रतियोगिता सयोजक तथा गोजुरियो कराते दोसघका केन्द्रिय महासचिव प्रकाश चन्दले पत्रकार सम्मेलनमा जानकारी दिए । चन्दका अनुसार प्रतियोगिताको लागि  नेपालसहित  भारत, भुटान, श्रीलंका, पाकिस्तान र बंगलादेशका खेलाडीहरु धनगढी आइसकेको जानकारी दिए ।

प्रतियोगितामा नेपालका गरि करिब साढे चार सय बढी खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा नेपालबाट २४३ खेलाडीले सहभागिता जनाउदा भारतबाट १८०, श्रीलंकाबाट १९, बंगलादेशबाट ९, भुटानबाट ७  र पाकिस्तानबाट ५ खेलाडीले खेल्दै छन् ।

प्रतियोगितामा ४२ स्वर्ण, ४२ रजत र ८४ कास्य पदका लागि खेलाडीहरु प्रतिस्पर्धा गर्नेछन्  । प्रतिोगिताको कुमुतो विधातर्फ प्रथम  हुनेले ५१ हजार, दोस्रो हुनेले ३१ हजार र तेर्सो हुनेले २१  हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।