‘५० लाख विदेशी पर्यटक भित्र्याउन प्रचारात्मक अभियान’

395

काठमाडौं- ट्राभल र टुर व्यवसायीहरुको छाता संगठन नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष मधुसुधन आचार्यले सन् २०३० सम्म ५० लाख विदेशी पर्यटक भित्र्याउले लक्ष्य रहेको बताएका छन्।

बुधबार बसेको कार्यसमिति बैठकमा उनले लक्ष्य पूरा गर्न संस्थाले अन्य पर्यटकीय संस्थासँग समेत समन्वय गरेर प्रचारात्मक अभियान चलाउने बताए।

यसैबीच नयाँ नेतृत्व चयनका लागि ५१औँ वार्षिक साधारणसभा पुस २८ गते आयोजना हुने बैठकले निर्णय गरेको छ।

निर्वाचनको निर्णयसँगै नाट्टाको नेतृत्वका लागि व्यवसायीले दौडधुप सुरु गरेका छन्। नेतृत्वका लागि थुप्रै आकांक्षी भए पनि अध्यक्षका लागि वाम गठबन्धनबाट सम्राट टुर्स एन्ड ट्राभलका प्रबन्ध निर्देशक सिएन पाण्डे र स्वतन्त्र व्यवसायीबाट सि एन्ड स्काई टुर्सका प्रबन्ध निर्देशक अच्युत गुरागाईंको नाम चर्चामा छ। उनीहरुले भिन्नभिन्न गठबन्धन बनाई छलफल चलाइरहेका छन्।

निर्वाचनले अध्यक्ष, पदाधिकारी र सदस्यसहित १६ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ। नाट्टाको निर्वाचनका लागि ४७० मतदाता रहेका छन्।