यौन शक्ति बढाउने औषधी बेचेको आरोपमा उपत्यकामा महिलासहित १५ जना पक्राउ

253

काठमाडौैं–   यौन शक्ति बढाउने औषधीहरु अवैध रुपमा बिक्रि गरेको आरोपमा प्रहरीले शनिबार उपत्यकाबाट १५ जनालाई पक्राउ गरेको छ। विभिन्न १३ वटा कम्पनीमा छापा हानी प्रहरीले २ महिलासहित १५ जनालाई पक्राउ गरेको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले अवैध औषधी बेच्नेहरुविरुद्ध अप्रेसन चलाएको थियो।

बिना अनुमती कस्मेटिकको आवरण उनीहरुले यस्तो औषधीको कारोबार गरेकाले पक्राउ गरिएको सिआईबीका डिआईजी पुष्कर कार्कीले बताए। प्रहरीका अनुसार उनीहरुले चीन लगायत देशबाट कपडा लगायत विभिन्न सामानभित्र लुकाएर औषधी ल्याउने गरेका थिए। त्यसलाई कयौं गुणा धेरै मूल्य लिएर बिक्रि गर्दै आएकाले पक्राउ गरिएको सिआईबीका एसपी जीवन श्रेष्ठले बताए। उपत्यकाका ठुला मलहरुमै संचालित त्यस्ता अफिसहरुमा सिआईबीले छापा हानी विभिन्न प्रकारका औषधीहरु समेत बरामद गरेको छ।

उनीहरुले पत्रपत्रिकाकै विज्ञापन निकालेर यस्तो औषधी बिक्रि गर्दै आएका थिए। सिआईबीले पक्राउ गरेका १५मध्ये २ जना महिला समेत छन्। त्यस्ता औषधी अवैध रुपमा महंगोमा बिक्रि हुने गरेको सूचना आएपछि प्रहरीले त्यसको अध्ययन गरी एकैपटक सबैतिर छापा हानेको हो।