म्यानचेष्टर सिटी र क्रिष्टल प्यालेसबीचको खेल बराबरी

376

काठमाडौं– इङ्गलिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेष्टर सिटी र क्रिष्टल प्यालेसबीचको खेल गोलरहित बराबरीमा टुंगिएपछि म्यान्चेस्टर सिटीको १८ खेल लामो लगातार जितको शृङ्खला रोकिएको हो ।

गएराति भएको खेलमा म्यानचेष्टरको कीर्तिमानी जितको शृङ्खलामा पूर्णविराम लागेको हो । खेलको ईन्जुरी समयमा क्रिष्टल प्यालेसले पाएको पेनाल्टी अवसरलाई सिटीका गोलरक्षक एडर्सनले विफल पारेपछि सिटी हारबाट भने जोगिएको थियो ।

जारी लिगको एकमात्र अपराजित टोली सिटीले अहिलेसम्म खेलेका २१ खेलमध्ये २ वटामा बराबरी गरेको छ भने बाँकी १९ खेल जितेको छ ।

प्रिमियर लिग फुटबलमा गएराति आनर्सनललाई वेष्ट ब्रोमले १÷१ गोलको बराबरीमा रोकेको छ । वेष्ट ब्रोमका जेम्स म्याक्क्लीनले आत्माघाति गोल गरेपछि आर्सनलले अग्रता लिएको थियो ।

तर अन्तिम मिनेटमा पाएको पेनाल्टीलाई वेष्ट ब्रोमका जे रोड्रिग्वेजले गोलमा बदलेपछि खेल बराबरीमा सकिएको हो । प्रिमियर लिगमा २१ खेलबाट ५९ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा रहेको छ ।

समान खेलबाट ४५ अंकसहित चेल्सी दोस्रो स्थानमा छ भने ४४ अंक जोडेको म्यान्चेष्टर युनाइटेड तेस्रो स्थानमा झरेको छ ।