कोलाराडोस्थित माउन्टेन कम्प्लेक्समा एउटा बंकर सन् १९४८ मै तयार पारिएको छ । यो ५० मिटर तल निर्माण गरिएको छ । त्यो बंकर एक किलोमिटरको दायरामा फैलिएको छ ।
अहिले सो बंकरलाई आधुनिकीकरण गर्दै आवश्यक परेको खण्डमा देशका राष्ट्रपति, नेताहरु र सेनाका उच्च अधिकारीहरुलाई राख्न सक्ने गरी बनाइएको छ । हाल यसको क्षमता ५ हजार मानिस राख्न सक्ने बताइन्छ ।
यस्तै बंकर भर्जिनियाको पहाडी क्षेत्रमा पनि बनाइएको छ । त्यो बंकरमा पनि राष्ट्रपति, मन्त्रीहरु, सेनाका उच्च अधिकारीहरु राख्न सक्ने गरी व्यवस्था मिलाइएको छ ।