नारायण गोपाल स्मृति साँझ सम्पन्न

541

भक्तपुर । भक्तपुर साँगीतिक समाजको आयोजनामा भक्तपुरमा नारायण गोपाल
स्मृति साँझ २०७४ सम्पन्न भएको छ । नारायण गोपालको सम्झना गर्दै समाजले नारायण गोपालको जिवनकालमा उहाँद्दवारा गाईएका गितहरु मार्फत उहाँलाई सम्झेको हो ।
साँझमा नारायण गोपालको म मरे पनि बोलको गित समुह गायन सँगै सुरु भएको कार्यक्रममा उहाँका
विर्सेर फेरी बोलको गित सत्यनारायण मानन्धर,
आज भोली हरेक साँझ बोलको गित श्रीजल मधिकर्मी ,
तिम्रो जस्तो मुटु मेरो पनि बोलको गित बिजय कायस्थ,

मैले पुण्य मन पराए बोलको गित लक्ष्मण पलिखेल ,
तिम्रो मनमा लुकेको बोलको गित रोशन धौभडेल र अन्जना खाईतु ,
लौ सुन म भन्छु बोलको गित अमृत क्षेत्री,
मलाई छोडी मेरो छायाँ बोलको गित बाल गायक आयुस केसी,

 

मलाई नसोध बोलको गित मदन गोपाल,
मोहनी लाग्ला है बोलको गित मदन गोपाल र पुजा परियार,
लुकु लुकु लाग्यो मलाई बोलको गित ऋदिश्री र सर्बश्री कसपाल,
मेरो यो गीतमा बोलको गित एन्जिला श्रेष्ठ,
ए कान्छा बोलको गित सानुमाया ताम्राकार र रोशन धौभडेल,
मलाई माफ गरिदेउ बोलको गित अजर जंगम,
बिपना नभै बोलको गित सनुप पौडेलले गाउनु भएको थियो भने यति धेरै माया दिई , मायाको आधार , तिमी जुन रहरले बोलका तीन गित भने लोकप्रिय गायक कर्ण दासले गाउनु भएको थियो ।

कार्यक्रममा नारायण गोपालका १८ गितहरु गाईएको थियो ।
कार्यक्रममा लेखक एवं गितकार चेतन कार्कीले आज कलाकार एवं कलाकारीता देशको गहना हुन् भनिन्छ तर भोज भतेरमा लगाएर जाने कपडा जस्तोमात्र भएको आरोप लगाउनुभएको छ । उहाँले हाल सरकारले प्रकोपको समयमा गहनाका रुपमा लिने गरेका कलाकार अन्य समयमा भने अनुत्पादक क्षेत्रको रुपमा हेर्ने गरेका कारण कलाकारिता मार्फत नै नेपालमा कलाकार बाँच्ने अवस्था नभएको बताउनुभयो । कलाको कदर भनेको संस्कृति भाषा , साहित्य , कला को जगेर्ना गर्नै हो भन्दै यस विषयमा सवैको ध्यान जान आवश्यक रहेको बताउनुभयो ।
चार घण्टा चलेको कार्यक्रममा कलाकारहरुको सुमधुर आवाजका साथा गाईएको नारायण गोपालका गितहरुमा दर्शक भावुक भएका थिए ।
समाजले नयाँ तथा स्थानिय कलाकारहरुलाई नै साँगीतिक प्रस्तुतीको मौका दिएको थियो ।
कार्यक्रमका केहि झलहरु यस्ता रहेका थिए ।