डा. केसीलाई प्रहरी हिरासतमै राखिने, सुनुवाइ भोलि

277

काठमाडाैं ।

अदालतको मानहानी मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। उनलाई आज अदालतमा उपस्थित गराएर बयान लिइएको थियो। थुनछेकको बहस हुन नसकेपछि उनलाई प्रहरी हिरासतमै राखिने छ।

उनले अदालतमा दिएको बयानमा प्रधानन्यायाधीश पराजुलीले उमेर सच्याएर नागरिकता लिएको, उनको एसएलसी उत्तीर्ण सर्टिफिकेट नभेटिएको जस्ता विषय अनुसन्धान हुनुपर्ने बताएका छन्।
प्रधानन्यायाधीश पराजुलीलाई पदबाट हटाउनु पर्ने माग राख्दै अनसन बसेका केसीलाई अदालतको अवहेलना मुद्दामासोमबार प्रहरीले पक्राउ गरी आज अदालतमा पेस गरेको हो।
दिउँसो २ बजेबाट सुरु भएको बयानमा केसीले दाबी गरेका छन्– प्रधानन्यायाधीश पराजुलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख लोकमानसिंह कार्कीको पक्षमा फैसला गरेलगत्तै आफ्ना भानिजलाई अख्तियारको कानुनी सल्लाहकारको रुपमा जागिर खुवाएका थिए।
अदालतलाई बुझाइएकाे आफ्नो लिखित बयानमा केसीले प्रधानन्यायाधीश पराजुलीले जग्गा प्लटिङ गर्ने सरकारी नीतिविरुद्ध फैसला गरेको, कर तिर्न बाँकी भएको संस्थाको पक्षमा फैसला गरेको जस्ता विषयमा अनुसन्धान हुनुपर्ने माग राखेका छन्।
केसीले बयान सकिएपछि पक्ष र विपक्षमा बहस सुरु भएको छ। न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदार चालिसेको इजलासमा केसीको मुद्दा बहस भएको थियो।
आज बयान सकिएको छ। मुद्दाको सुनुवाइ भोलि हुनेछ।उनी अझै थुनामा नै रहेका छन्।

उनले आफु भ्रष्टाचारविरुद्धको लडाईमा अडिग भएको बयान दिएका थिए।