काठमाडौं– काठमाडौंको स्वयम्भूनाथ मन्दिर परिसरमा आगलागी भएको छ । मन्दिर क्षेत्रमा रहेको किर्तन–भजन गर्ने ठाउँमा आगलागी भएको हो ।
आगलागी के–कति कारणले भयो भन्नेबारे जानकारी प्राप्त हुन सकेको छैन । आगलागी नियन्त्रण गर्ने कार्य शुरु भएको जनाइएको छ ।
मन्दिर परिसरमा रहेको भजनमण्डली भन्ने पूरानो घरमा आगो लागेको महानगरीय प्रहरी परिसर स्वयम्भूले जनाएको छ ।
आगलागी नियन्त्रणका लागि जुद्ध बारुण यन्त्रका दमकल घटनास्थलमा पुगिसकेका छन् । आगाली नियन्त्रणका लागि नेपाली प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालन गरिएको छ ।