काठमाडौं : अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीका प्रतिनिधि र स्वास्थ्य मन्त्रीबीच शिक्षण अस्पतालमा वार्ता सुरु भएको छ।
सर्वोच्च अदालतबाट भएका फैसलामाथि प्रश्न उठाउँदै अनशनमा रहेका केसीलाई अदालतको अवहेलना मुद्दामा पक्राउ गरी अदालत उपस्थित गराइएको थियो। अदालतमा उनको मुद्दामा सुनुवाई गर्दै तारेखमा रिहाइ गरिएको थियो।
रिहाइ भए पनि केसीले आफ्नो मुद्दा सम्बोधन नभएसम्मका लागि अनशन कायमै राखेका छन्। उनले प्रधान न्यायाधीशको राजिनामा आउनुपर्ने माग अघि सारेका हुन्।
उनको अवस्था कमजोर हुँदै गएकाले स्वास्थ मन्त्री दीपक बोहराको नेतृत्वमा सरकारी टोली वार्ताका लागि पुगेको हो।