बामदेव गौतम कुन् मापदण्डबाट राष्ट्रिय सभाका उम्मेदवार ?

314

काठमाडौं । नेकपा एमालेको शुक्रबार राजधानीमा बसेको बैठकले नेकपा एमालेबाट आसन्न राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारी दिनसक्ने उम्मेदवारको सूची तयार पारेको छ । पार्टीका कार्यबाहक अध्यक्ष बामदेव गौतमको अध्यक्षतामा बसेको बैठकले संविधानको धारा ८७ बमोजिमको योग्यता पुगेका, पार्टीमा लामो योगदान गरेका, पार्टीसँग वैचारिक आबद्धता राख्दै समाजसेवा, संस्कृति, कला, साहित्य, विज्ञान, प्रविधिलगायत सामाजिक क्षेत्रमा विशिष्ट योगदान पु¥याएकामध्येबाट भौगोलिक र सामाजिक सन्तुलनका आधारमा उम्मेदवारी चयन गर्ने निर्णय गरेको हो ।

आगामी माघ २४ गते हुने सो सभाको निर्वाचनका लागि एमालेले नेकपा ९माओवादी केन्द्र०सँग तालमेल गर्ने भएको छ । सो निर्वाचनमा उम्मेदवार चयन गर्दा स्थानीय, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबनेका तथा समानुपातिक सूचीमा नाम समावेश नभएका, विभिन्न विषयका विज्ञ तथा विशेषज्ञलाई प्राथमिकता दिइने निर्णय गरेको छ । एमालेले आफ्नो निर्णयलाई सधैं प्रगतिशील बनाउनको लागि केही न केही नयाँ खालको निर्णय गरिरहेकै हुन्छ ।

तर, एमालेले यो निर्णय गर्दैगर्दा यही बैठकको अध्यक्ष गरेका कार्यबाहक अध्यक्षका लागि के गर्ने भन्ने विषयलाई पनि प्राथकिमताका साथ हेरिएको थियो । प्रतिनिधि सभा सदस्य निर्वाचनमा पराजीत उम्मेदवारको रुपमा रहेका एमालेका उपाध्यक्ष गौतम अध्यक्ष ओली नेपालमा नभएको कारण कार्यबाहकको जिम्मेवारीमा छन् । तिनै गौैतमको अध्यक्षतामा बसेको बैठकले तय गरेको योग्यतामा गौतम भने कुन् योग्यता भित्र पर्दछन् भन्ने कुरा अहिले चर्चाको विषय बनेको छ ।

एमालेले पार्टीमा लामो योगदान गरेका, पार्टीसँग वैचारिक आबद्धता राख्दै समाजसेवा, संस्कृति, कला, साहित्य, विज्ञान, प्रविधिलगायत सामाजिक क्षेत्रमा विशिष्ट योगदान पु¥याएकालाई प्राथमिकतामा राख्ने भनेको छ । यसमा त अवश्य पनि बामदेव गौतमको योग्यता पुगेको हुन्छ । तर, सो निर्वाचनमा उम्मेदवार चयन गर्दा स्थानीय, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबनेका तथा समानुपातिक सूचीमा नाम समावेश नभएका, विभिन्न विषयका विज्ञ तथा विशेषज्ञलाई प्राथमिकता दिइने निर्णयले भने फेरि बामदेवलाई समस्यामा पारेको छ ।

बामदेवले चाहेको खण्डमा राष्ट्रिय सभामा एमालेबाट टिकट नपाउने सम्भावना देखिँदैन । त्यस्तो अवस्थामा उनी कुन् मापदण्ड अनुसार छानिएको भन्ने सवालमा भने चर्चा भएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा बर्दियाबाट पराजीत भएपछि एमालेलेकै एउटा खेमाको असहयोगका कारण उनी पराजीत भएको चर्चा पनि चल्ने गरेको छ ।