भक्तपुर ।फ्रेन्ड्स सर्भिस काउन्सिल नेपाल र भिएसओ नेपालको आयोजना तथा डा. इवामुरा अस्पतालको प्राविधिक सहयोगमा चाँगुनारायण नगरपालिका ८ स्थित चरेलीमा आयोजना भएको निःशुल्क स्वास्थ्य शिविरमा १२२ जनाको स्वास्थ्य परिक्षण गरिएको छ ।
फ्रेन्ड्स सर्भिस काउन्सिल नेपाल र भिएसओ नेपालको आयोजना तथा डा. इवामुरा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन भएको शिविरमा दाँत र आँखाको परिक्षण गर्नुका साथै औषधीहरु समेत निःशुल्क वितरण गरिएको काउन्सिलका चाँगुनारायण–८ का कार्यक्रम संयोजक दिलकुमार अवालले जानकारी दिनुभयो ।
भिएसओ नेपालका चाँगुनारायण ८ नं. वडाका कार्यक्रम अधिकृत माला प्रधानले आगामी दिनमा अन्य प्रकारका स्वास्थ्य सेवाका शिविरहरु निरन्तर सञ्चालन गर्ने बताउनुभयो । कार्यक्रममा ८ नं. वडा अध्यक्ष परासर सापकोटाले स्थानीय जनताको प्रमुख समस्याका रुपमा रहेको स्वास्थ्य समस्या समाधान गर्न सामाजिक संघसंस्था, स्वास्थ्य संस्था र अस्पतालहरुद्धारा वडाको समन्वयमा नियमित र निरन्तर रुपमा सबैखाले स्वास्थ्य सेवासहितको शिविर सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।