एम्बुलेन्स चालकलाई पोशाक र आकस्मिक व्यवस्थापन तालीम

364

 

काठमाडौं ।

एम्वुलेन्स चालक र सहयोगीलाई प्राथमिक उपचार सम्वन्धि विशिष्ट प्रकारको तालीम दिँदै घरदेखि नजिकको अस्पतालसम्म विरामीलाई पुर्याउँदा उपनाउनुपर्ने आकस्मिक उपचार व्यवस्थापन र त्यसका लागि आवश्यक पर्ने उपचार सामग्री उपलब्ध गराउने सरकारको उद्धेश्यलाई सामाजिक संस्था ‘नादेम’ले सघाएको छ ।

नेपाल डिजास्टर एण्ड इर्मजेन्सी मेडिसिन सेण्टर (नादेम) ले स्वास्थ्य मन्त्रालयको समन्वयमा धादिंग जिल्लाका ३८ जना एम्वुलेन्स चालक र सहयोगीलाई विशिष्टस्तरको आकस्मिक उपचार तालीम दिनुका साथै आकस्मिक उपचारको लागि आवश्यक पर्ने उपचार सामग्री र चालकलाई चालक पोशाक वितरण गरेको थियो ।

दुर्गम ठाउँका विरामीको उपचारको लागि एम्वुलेन्समा राखेर नजिकको स्वास्थ्य केन्द्र या अस्पतालसम्म पुर्याउँदा विरामीको ज्यान जोगाउन सकियोस भनेर आकस्मिक उपचार व्यवस्थापनको विशिष्ट तालीमका साथै प्राथमिक उपचार वाकस वितरण गरिएको हो ।

स्वास्थ्य मन्त्रालयका उपसचिव हरि बराल तथा धादिंग जिल्लाका वरिष्ठ जनस्वास्थय प्रशासक महेश्वर श्रेष्ठ तथा नादेमका संस्थापक अध्यक्ष डा. रमेश कुमार महर्जनले एम्वुलेन्स चालक र सहयोगीलाई आकस्मिक उपचार सामग्री वितरण गरेका थिए ।

यसैगरि सो संस्थाले धादिंगका सबै अस्पताल, स्वास्थ्य चौकी र प्राथमिक स्वास्थय केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई पनि विशिष्ट प्रकारको आकस्मिक व्यवसथपन तालीम दिइएको नादेमका संस्थापक अध्यक्ष डा. महर्जनले बताए । तालीमका सहभागीहरुलाई तालीम पश्चात स्वास्थ्य मन्त्रालयका उपसचिव बराल तथा धादिंग जिल्लाका वरिष्ठ जनस्वास्थय प्रशासक श्रेष्ठ र नादेमका संस्थापक अध्यक्ष डा.महर्जनले प्रमाणपत्र वितरण गरेका थिए ।