कर्मचारी सबैभन्दा बढी घुस्याहा कुन जिल्लामा छन ?, यस्तो छ रिपोर्ट January 22, 2018 370 Share FacebookTwitterPinterestWhatsApp काठमाडौं, ललितपुर र भक्तपुरमा रहेका सरकारी कर्मचारी बढी घुस्याहा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सूचीमा राखिएको छ । अहिलेसम्मको अध्ययनअनुसार सबैभन्दा धेरै घुस खाने कर्मचारीहरु काठमाडौं जिल्लामा छन् । काठमाडौं बाहेक प्रदेश नम्बर ५ को व्यापारिक केन्द्र बाँके जिल्लामा घुस्याहा कर्मचारी ज्यादा रहेको अख्तियारले जनाएको छ । उपत्यकाबाट घुससहित रंगेहात धेरै कर्मचारी पक्राउ गरिएको थियो । आयोगको तथ्याकं अनुसार काठमाडौंबाट १९, ललितपुरबाट ३ र भक्तपुरबाट २ जना गरी उपत्यकाबाट जम्मा २४ जनालाई रंगेहात पक्राउ गरिसकेको छ । Share this: Click to share on Facebook (Opens in new window) Facebook Click to share on X (Opens in new window) X Related