यि हुन् किड्नी बिगार्ने आदतहरु

305

हाम्रो शरीरको अनिवार्य अंग हो किड्नी । आजभोली किड्नी ड्यामेज भएका समाचार आइरहन्छन् । जसले गर्दा कतिपय मानिसहरु यसको शिकार बन्न बाध्य भएका छैनन् । रोग त्यत्तिकै कसैलाई पनि लाग्दैन । त्यसको पछाडि केही न केही कारण हुने गर्दछ । खासगरी मानिस बिरामी हुनुको प्रमुख कारण आनीबानी र जीवनशैली नै हुन् । यद्यपि त्यसका अन्य कारण पनि छन् । यी बानीले किड्नीला जानेर वा नजानेर हुने हाम्रा दैनिक आदतले पनि किड्नीलाई असर गरिरहेको हुन्छ । प्रायः मानिसको स्वास्थ्यको चासो रहेको किड्नीमा असर हुुनुमा मानिसको लापरवाही मुख्य जिम्मेवार छन । जुन यस प्रकार छन् :

१ .     चिसो सर्दी र चिसोको समस्या भइरहन्छ भने यसप्रति अज्ञानता नदेखाउनुहोस् । चिसोले पोस्ट  इन्फेक्टिभ ग्लोमेरोनेफ्राइटिस नामक रोग लाग्छ । यसले किड्नीमा व्याक्टेरिया उत्पन्न गर्छ ।
२ .    खानामा धेरै नून खाँदा वा अन्य नूनिलो खानेकुराले पनि किड्नी खराब बनाउँछ । नूनले सोडियम  ब्लड    प्रेसर गराउँछ, जसको असर किड्नीमा पर्छ

३ .   पिसाब रोक्दा पिसाव थैली भरिन्छ । पिसाब भरिएर किड्नीसम्म पुग्छ । पिसाबमा हुने व्याक्टेरियाले  किड्नीलाई हानी गर्छ ।
४ .  पानी कम वा ज्यादा पिउनु शरीरलाई दैनिक ८ देखि १० गिलास पानी पिउनु जरुरी छ । थोरै पानी  पिउदा  पनि शरीरमा जम्मा भएको विकारले किड्नीको नियमित कार्यलाई असर गर्छ । ज्यादा पानी पिउदा  पनि   किड्नीलाई असर गर्छ ।
५ . चुरोट वा तमाखु खाने सिगरेट पिउँदा वा तमाखु खादा शरीरमा विष जम्मा हुन्छ जसले किड्नी  ड्यामेज  गर्ने सम्भावना हुन्छ । धुमपानले प्रेसर बढाउँछ र अन्त्यमा किड्नीलाई असर गर्छ ।

६ . जापानमा गरिएको एक अनुसन्धान अनुसार धेरै कोल्ड ड्रिंस वा चिसो पिउनेलाई पनि किड्नी  ड्यामेजको सम्भावना हुन्छ । कोल्ड ड्रिंसमा हुने अर्थोफोस्फोरस एसिडले किड्नीलाई गम्भीर हानी             गर्छ ।
७ .सामान्य मानिसको तुलनामा धेरै खाने मानिसलाई पनि किड्नीको समस्या हुन्छ । बढी खाँदा तौल  बढ्छ । तौल बढी भएपनि किड्नीसँग सम्बन्धित विभिन्न समस्या हुन्छ ।
८ . ज्यादा ननभेज खानेकुरा मासुमा प्रर्याप्त मात्रामा प्रोटिन हुन्छ । धेरै प्रोटिनले किड्नीमा मेटाबोलिक  लोड बढाउँछ र किड्नी स्टोनका समस्या ल्याउछ ।
९ . दिनमा ७ देखि ८ घन्टा नसुत्ने मानिसमा उच्च रक्तचाप र मुटुको समस्या हुने गर्छ । रक्तचाप र मुटु रोगले किड्नीको समस्या निम्त्याउँछ ।