बेबिलोनमा तवला र बाँसुरीको वाद्यवादन प्रस्तुति

516

काठमाडौं ।
वसन्त पञ्चमी तथा सरस्वती पुजाको अवसरमा वरिष्ठ तवलावादक प्रा.अच्युतराम भण्डारीको नेतृत्वमा रहेको वाद्यवादन टोलीले राजधानीको शान्तिनगरस्थित बेबिलोन नेशनल स्कुलमा एक शास्त्रीय वाद्यवादन कार्यक्रम आयोजना गर्यो ।


तवला, सितार, सरोद र तानपुरासहितको वाद्यवादन समुहले रागवसन्तमा आधारित हंसध्वनी, भैरवी, वसन्त तथा रुपक तालमा रागदेश ध्वनी प्रस्तुत गरेको थियो ।
हार्मोनियमवादक वालगोपाल शिवाकोटीको संयोजकत्वमा भएको सो शास्त्रीय वाद्यवादन कार्यक्रममा तवलावादक प्रा.भण्डारी, सीतारवादक इश्वरी उप्रेती, सरोद वादक दिनेश खडका र तानपुरवादक रीता भण्डारीले शास्त्रीय वाद्यवादन प्रस्तुत गरेका थिए ।


यसैगरी वरिष्ठ वाँसुरीवादक नागेन्द्र राइ, तवलावादक जगन्नाथ धगौडा र तानपुरावादक गीता राईले पनि अर्काे सांगितिक प्रस्तुति दिएका थिए । वाँसुरीवादक राईले आफैंले सिर्जना गरेको गोठाले धुनले कार्यक्रमको आर्कषण बढाएको थियो । वाद्यवादन टोलीका सदस्यहरुलाई विद्यालयका प्रिन्सिपल राजु राईले माला लगाएर स्वागत तथा सम्मान गरेका थिए ।


प्रिन्सिपल राईले श्रीपञ्चमीको अवसरमा भएपनि नेपाली शास्त्रीय वाद्यवादन कार्यक्रम मार्फत नेपालको मौलिक संगीत संरक्षणमा सहयोग पुगेको उल्लेख गरे । वरिष्ठ तवलावादक प्रा.भण्डारीले विद्यालयले यसप्रकारको सांगितिक कार्यक्रम आयोजना गरेकोमा धन्यवाद व्यक्त गरे ।
त्यस अवसरमा नयाँ विद्यार्थीलाई भर्ना गरिनुका साथै अध्यनरत विद्यार्थी र अभिभावकले श्रीसरस्वतीको पुजाआजा गरेका थिए ।