भक्तपुर– भक्तपुरमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका वडा नं ७ सुब्बापाखा तामाङ टोलका सुनिल तामाङका छोरा ६ बर्षका शिरीषको चितुवाको आक्रमणबाट मृत्यु भएको हो ।
बालकुमारी बनको बाटोबाट पसल गएर घर फर्कँदै गरेका उनीमाथि चितुवाले सोमबार साँझ आक्रक्रमण गरेको प्रहरीले जनाएको छ ।
राति साढे १० बजे बालकुमारी सामूदायिक वनमा बालककाे शव फेला पारेको महानगरीय प्रहरी वृत्त जगातीले जनाएको छ । चितुवाले जङ्गलमा बालक खाईरहेको अवस्थामा फेला परेको र मानिसको भिड देखेपछि भागेको बताइएको छ ।
चितुवाले बालकको शरीरको तल्लो भाग आधा खाएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले बालकको शवको जाँच मुचुल्का कार्य समाप्त गरी पोष्टमार्टमका लागि भक्तपुर अस्पतालमा पठाएको छ ।