नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विदेश भ्रमणका क्रममा पाकिस्तानी आकाश प्रयोग गरेबापत झण्डै तीन लाख रुपैयाँ तिर्नुपर्ने भएको छ ।
पाकिस्तानले मोदीको विमानले पाकिस्तानी आकाश प्रयोग गरेबापत २ लाख ८६ हजार रुपैयाँ तिर्नुपर्ने भन्दै त्यसबापतको बिल भारत सरकारसमक्ष पठाएको छ । ‘रुट नेभिगेशन शुल्क’ भन्दै पाकिस्तानले भारतलाई बिल पठाएको हो ।
भारतीय प्रधानमन्त्री मोदी पाकिस्तानका तत्कालिन प्रधानमन्त्री नवाज शरीफसँग भेट गर्न आकस्मिक रुपमा लाहोर पुगेका थिए । यसबापत पाकिस्तानले ‘रुट नेभिगेशन चार्ज’ एक लाख ४९ हजार तोकेको छ ।
त्यस्तै मोदीले सन् २०१६ मे महिनामा इरान भ्रमणका लागि पाकिस्तानी आकाश प्रयोग गरेबापत ७७ हजार २१५ रुपैयाँ नेभिगेशन शुल्क तोकिएको छ । त्यस्तै सोही वर्षको जुन महिनामा कतार भ्रमणका क्रममा मोदी सवार विमानले पाकिस्तानी आकाश प्रयोग गरेबापत ५९ हजार २१५ रुपैयाँ शुल्क तिर्नुपर्ने भएको छ ।
विदेश भ्रमणलाई मोदीले निकै प्राथमिकता दिएका छन् । पछिल्ला दुई वर्षमा उनको विदेश भ्रमणका क्रममा भारतीय वायु सेनाको विशेष विमान प्रयोग गरेबापतको खर्चमात्र करिब दुई करोड रुपैयाँ रहेको बताइएको छ । (एजेन्सी)