न्यायिक समानताकालागि समाजवाद अध्ययन केन्द्रको सहजीकरण प्रयास

467

भक्तपुर । समाजवाद अध्ययन केन्द्र भक्तपुरले स्थानियका निकायमा न्यायिक समानताकालागि कसरी सहजिकरण गर्न सकिन्छ भन्ने विषयमा एक कार्यक्रम राख्ने भएको छ ।
अन्तरास्ट्रिय सामाजिक न्याय दिबसको केन्द्रले उक्त कार्यक्रम गर्न लागेको हो ।
हाल न्यायिक समानताका लागि न्यायिक जिम्मेवारी पाएका नगरपालिकाका उपप्रमुखहरुलाई अवका दिनमा कसरी न्यायिक जिम्मेवारी आफुले सहजिकरण गर्नु हुन्छ भन्ने विषयमा नै केन्द्रित रहेर उक्त कार्यक्रम गर्न लागिएको समाजवाद अध्ययन केन्द्रका अध्यक्ष दुर्गा फुयालले बताउनुभयो ।

उहाँका अनुसार अव नगरपालिका अन्र्तगत न्यायिक जिम्मेवारी उप मेयरलाई रहेको छ, तर के कस्ता बाधा एव अडचन छन् , अनि सवै उपमेयरहरु न्यायमा पोख्त पनि हुनु हुन्न यसमा समाजवाद अध्ययन केन्द्रले के  सहजकर्ताको भुमिका निर्वाह गर्न सक्छ भन्ने विषयलाई नै उत्थान गर्दै आफुहरुले उक्त कार्यक्रम गर्न लागेको बताउनुभयो ।

माननीय न्यायाधीश भोजराज शर्माको प्रमुख आतिथ्यतामा भक्तपुर बार एसोसियसनको हलमा फागुन ८ उक्त कार्यक्रम हुने उहाँले बताउनुभयो ।
स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १६ ४ को खण्ड ख० को न्यायिक समिती अन्तर्गत चाँगुनारायण , भक्तपुर , सुर्यबिनायक , र मध्यपुर थिमि नगरपालिकाहरुको भक्तपुरका जिल्लाका उप प्रमुख न्यायिक समिती संयोजक ज्युहरुलार्इ एक विशेष कार्यक्रम गरि कसरी न्यायिक सम्पादन गर्दा सहज हुन्छ भन्ने उदेश्य साथ कार्यक्रम गर्न लागिएको संस्थाका सचिव रोसन तिमिल्सेनाले बताउनुभयो ।
कार्यक्रममा न्यायिक बिशिस्टताका ब्यक्तिहरुको उपस्थित हुने उहाँले बताउनुभयो ।