गुल्मी । प्रजातन्त्र दिवसको अवसरमा नेपाल निजामती कर्मचारी युनियन (संघ)गुल्मीद्वारा गुल्मी जिल्ला अस्पताललाई सहयोग हस्तान्तरण गरेको छ ।
कर्मचारी युनियनले प्रजातन्त्र दिवसको अवसर पारेर जिल्ला अस्पतालमा अत्यावश्यक रहेको व्ह्लि चियर र स्वास प्रश्वास सम्बन्धी नेबुलाईजर मेसिन प्रदान गरेको हो ।
नेपाल कर्मचारी युनियनका केन्द्रिय सदस्य जयश्वर पन्थीको उपस्थितिमा गुल्मी साखाले अस्पताललाई उक्त सामग्रीहरु प्रदान गरेको थियो ।
सामान प्रदान गर्दै प्रमुख अतिथि पन्थीले कर्मचारी युनियन जनताको हरेक सेवामा हातमा हात मिलाएर अगाडी बढन तयार रहेको बताउनुभएको थियो ।
युनियनले अस्पतालमा दुई थान व्हिल चियर र एक थान नेबुलाईजर मेसिन प्रदान गरेको नेपाल निजामती कर्मचारी युनियन गुल्मी साखा अध्यक्ष हरि प्रशाद ज्ञवालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्वास्थ्यमा सवै नेपालीको पहुँचको विकासका लागि कर्मचारी युनियनले आफुले सक्दो सहयोग गर्दै जाने समेत बताउनुभयो ।
सामाजिक उत्तर दाहित्वमा युनियन भन्ने अभियान मुताविक उक्त कार्य भएको युनियन केन्द्रिय कार्यसमिति पुर्व सचिव दुर्गा फुयाले वताउनुभयो ।
उहाँका अनुसार आगामी दिनमा अझ शसक्त भई सामाजिक कार्यमा युनियन लागि पर्ने उल्लेख गर्नुभयो ।