म्यान्चेस्टर युनाइटेडसँग चेल्सी पराजित

229

आइतबार राति घरेलु मैदान ओल्ड ट्राफोटमा भएको युनाइटेडको जितमा दुवै गोलमा बेल्जियन स्ट्राइकर रोमेलु लुकाकुको संग्लग्नता थियो । यद्यपि खेलमा अग्रता भने पाहुना टोली चेल्सीले लियो । उसका लागि विलियनले ३२ औं मिनेटमा गोल गरेका थिए ।

उनले इडेन हाजार्डको पास सदुपयोग गरेका थिए । तर, त्यसको ७ मिनेटपछि नै लुकाकुले ७५ हजार घरेलु दर्शकलाई खुशी तुल्याउँदै बराबरी गोल गरे ।

दोस्रो हाफमा युनाइटेडले अर्को गोल थप्यो । लुकाकुकै पासमा जेसे लिंगार्डले ७५औं मिनेटमा गोल गरेपछि युनाइटेडको जित निश्चित भयो ।

जित हाँसिल गरेपछि युनाइटेड ५९ अंकका साथ पुनः दोस्रो स्थानमा उक्लिएको छ । पराजित भएपछि चेल्सी भने पाँचौं स्थानमा पुगेको छ । उसको ५३ अंक छ ।