काठमाडौं । काव्य स्कुल नयाँबानेश्वरमा १ देखि ९ कक्षासम्म अध्ययनरत विद्यार्थीले आफुले कक्षामा सिकेका ज्ञानलाई व्यवहारमा उतार्दै विभिन्न सामाग्रीसहित चौथो काव्य शैक्षिक प्रर्दशनी आयोजना गरे ।
काठमाडौ जिल्लाका जिल्ला शिक्षा अधिकारी प्रकाश सापकोटाले उदघाटन गरेको सो प्रदर्शनीमा हिसाव, विज्ञान, नेपाली, जनसंख्या तथा वातावरण, सामाजिक विज्ञानदेखि जीवन शैलीसंग सम्वन्धित १ सय ६ वटा स्टल राखिएको विद्यालयको सेकेण्डरी इन्चार्ज चिरञ्जिवी दुवाडीले बताए ।
विद्यालयका संस्थापक प्रिन्सिपल नवराज बास्कोटाको प्रत्यक्ष निगरानीमा सम्वन्धित विषयका शिक्षकहरु दिलिप लामा, सविना राजभण्डारी, सन्ध्या रिजाल र सर्वदा राईलगायतको सहयोगमा विद्यार्थीले शैक्षिक प्रर्दशनीका विभिन्न विषयको स्टल बनाएका थिए । प्रर्दशनी अभिभावकहरुले अवलोकन गरेका थिए ।