नारी दिवसमा ‘क्यान्सरबाट जोगाउने प्याकेज’

522

ग्राण्डी अस्पतालका महिला स्वास्थ्यकर्मी सम्मानित

बलराम प्यासी
काठमाडौं ।
१०८ औं अन्तराष्टिय श्रमिक महिला दिवसको अवसर पारेर राजधानीका अस्पताल र प्रयोगशालाले महिलालाई बेलैमा ‘क्यान्सरबाट जोगाउने खालको स्वास्थ्य जाँच प्याकेज’ अघि सारेका छन् ।
धापासीस्थित ग्राण्डी अन्तराष्ट्रिय अस्पतालले नारी सम्मान विशेष स्वास्थ्य कार्यक्रम अघि सारेको छ भने भाटभटेनीस्थित क्राउन ल्याबोरेटरी (के—ल्याब) ले महिलाको डिम्वनली र डिम्वाशयमा क्यान्सर लागे नलागेको पत्ता लगाउन प्रयोगशाला परीक्षणमा छुट प्याकेज अघि सारेको छ ।
के—ल्यावले महिलाहरुको डिम्वनली र डिम्वाशयमा क्यान्सर भए नभएको क्यान्सर एन्टिजेन (सिए१२५) र ह्युमन एपिडिडाइमिस—एचइ४ पत्ता लगाउनका लागि सो प्याकेज अघि सारेको के—ल्याबकी निर्देशक टेक्निकल निर्देशक ज्योति आचार्यले बताइन ।
रगतबाट पत्ता लाग्ने ती दुबै प्रयोगशाला जाँचका लागि ६ हजार शुल्क लाग्नेमा नारी दिवसको अवसर पारेर ४ हजार रुपैयाँ तोकिएको छ । यो प्याकेज एकहप्तासम्म जारी रहने पनि बताइएको छ ।
महिलाको रगतबाट क्यान्सर एन्टिजेन (सिए१२५) र ह्युमन एपिडिडाइमिस—एचइ४ एकैपटक जाँच गरेमा डिम्वनली र डिम्वाशयमा क्यान्सर भए नभएको करीव ९६ प्रतिशत पत्ता लाग्ने पनि निर्देशक आचार्यले बताइन ।
नेपालमै पहिलोपल्ट हालैदेखि के—ल्याबले शुरु गरेको एचइ४ परीक्षण जर्मनी प्रविधिबाट शुरु गरिएको के—ल्याबकी बजार निर्देशक कान्ति थापाले बताइन ।
निर्देशक थापाका अनुसार पछिल्ला केही वर्षमा ४० वर्ष पुगेका र महिनावारी बन्द भएका महिलामा डिम्वाशय र डिम्वनलीको क्यान्सर हुने संभावना बढ्दै गएकोले त्यस्ता महिलाले (सिए१२५) र एचइ४ परीक्षण गरि आफुलाई क्यान्सर भए नभएको पत्ता लगाएर ढुक्क हुन आग्रह गरीन ।
‘क्यान्सर लागेर उपचारको लागि लाखौं रुपैयाँ खर्च गर्नुभन्दा ४ हजार रुपैयाँले रगत परीक्षण गरि बेलैमा ढुक्क हुनु बुद्धिमानी हो’ नारी दिवसको अवसरमा निर्देशक थापाले आम महिलालाई सुझाइन ।
यसैगरि आमा, जीवनसाथी वहिनी हुन वा छोरी, स्वस्थ, सक्षम नारी हाम्रो जिम्मेवारी’ नारासहित ग्राण्डी अस्पतालले छुट प्याकेज शुरु गरेको छ ।
सो प्याकेजमा ४० वर्षसम्मका महिलाहरुका लागि ५ हजार रुपैयाँमा स्वास्थय जाँच र त्योसंग सम्वन्धि प्रयोगशाला परीक्षण गर्न सकिने अस्पतालका सूचना तथा जनसम्पर्क व्यवस्थापक विनोद अधिकारीले बताए ।
४० वर्षदेखि माथिका महिलाको हकमा भने क्यान्सर भए नभएको पत्ता लगाउन म्यामोग्राफिका लागि ४ हजारमा थप एकहजार शुल्क लाग्ने बताइएको छ ।
सो प्याकेजमा सिबिसी, सुगर फास्टि¨, थाइराइड जाँच, अल्टा्रसाउण्ड एब्डोमिन, बोन मिनरल डेन्टिोमेट्री, भिटामिन डि, युरिन रुटिन, स्त्रीरोग तथा पोषण (डाइटिसियन) संगको परामर्शका साथै ४० वर्षभन्दा माथिको उमेरका महिलाको हकमा म्यामोग्राफि थप परीक्षण समावेश छ ।
नारी दिवसको अवसरमा विहीबार ग्राण्डी अस्पतालमा आयोजित एक कार्यक्रममा पुर्व प्रधानन्याधिश सुशिला कार्कीले सो अस्पतालको स्थापना कालदेखि हालसम्म विभिन्न विभागमा कार्यरत महिला कर्मचारी र महिला स्वास्थ्यकर्मीलाई सम्मान गरीन ।