बेबिलोनमा बेलायतका र बंगलादेशका शिक्षकको भ्रमण

270

काठमाडौं । बेलायत सकारको शैक्षिक संस्था ब्रिटिस काउन्सिलबाट दुईपटक इन्टरनेशनल स्कुल अवार्ड (आइएसए) विजेता बेबिलोन नेशनल सेकेण्डरी स्कुल शान्तिनगरमा बेलायतको भगिनी विद्यालय क्लेयर माउण्ट स्पोर्टस कलेजका दुई शिक्षक जुली म्याक्लिन र क्लाइर भिकासले अध्ययन÷अवलोकन भ्रमण गरेका छन् । साथै सो विद्यालयको पूर्व प्रधानाध्यापक जोन क्लार्क पनि बेबिलोनका भ्रमणमा आएका थिए ।

आइएसएको कनेक्टिङ्ग क्लासरुम अन्र्तगत बेलायती शिक्षक बेबिलोन स्कुलमा आएका हुन । यसअघि बेबिलोन नेशनल सेकेण्डरी स्कुलका प्रिन्सिपल राजु राई र आइएसए कोअर्डिनेटर अनिता सिग्देल बेलायतको सो विद्यालयको अध्ययन भ्रमण गरेर फर्केका थिए ।

नेपालमा आएका बेलायती शिक्षकद्धयले क्लेयर माउण्ट स्पोर्टस कलेजका विद्यार्थीहरुद्धारा तयार गरिएको विभिन्न सिर्जना र कलाहरु बेबिलोन स्कुलकी आइएसए कोअर्डिनेटर अनिता सिग्देललाई हस्तान्तरण गरेका थिए । बेलायती शिक्षकहरुलाई बेबिलोनका विद्यार्थीहरुले नेपालको कला तथा संस्कृति झल्किने परम्परागत नृत्य प्रस्तुत गरेका थिए ।

यसैगरि कनेक्टिङ्ग क्लासरुम अन्र्तगत बंगलादेशको एउटा विद्यालयबाट पनि दुईजना शिक्षकले बबिलोन स्कुलको शैक्षिक अवलोकन गरि हालै स्वदेश फर्केको संयोजक सिग्देलले बताइन ।