काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका ५ मा बोक्सीको आरोपमा कुटपीट गरिएकी कक्षा ११ की १८ वर्षिया छात्रा राधा चौधरीलाई न्याय दिलाउन बेबिलोन नेशनल सेकेण्डरी स्कुल शान्तिनगरका ९ कक्षाका विद्यार्थीले माग गरेका छन् ।
विश्वमै महिला दिवस मनाइरहको ८ मार्चका दनिमा एउटी विद्यार्थीमाथि मरणासन्न हुनेगरि कुटपटि गरिएको घटनामा दुख व्यक्त गर्दै विद्यार्थीहरुले पहिलो घण्टीअघिको प्रार्थना सभामा प्लेकार्डका साथ केही मिनेट शान्तिपुर्ण प्रदर्शनी गरेका थिए ।
उनीहरुले पीडित विद्यार्थी राधा चौधरीमाथि कुटपीट गर्ने दोषिलाई कडाभन्दा कडा कारवाहीको माग गर्दै सबैको मानव अधिकार संरक्षणका लागि राष्ट्रिय मानव अधिकार आयोग र नपाल सरकारसमक्ष माग पनि गरे ।
समसमायीक घटनामा विद्यार्थीको आफैंले चासो राख्न थालेकोप्रति बेबिलोन नेशनल सेकेण्डरी स्कुलका प्रिन्सिपल राजु राइले खुसी व्यक्त गर्दै विद्यार्थीलै उठाएका माग जायज भएको बताए ।