त्रिपुरा धाम बनाउन नवाह

969

विकास थापा प्रहर

भक्तपुर । त्रिपुरा धाम निर्माणका लागि चाँगुनारायण नगरपालिका वडा नंम्वर २ स्थित त्रिपुरा सुन्दरी भद्राक्षी देबी तथा मातेश्वर महादेब संरक्षण समितिको आयोजनामा श्रीमद् भागवत महांयज्ञ बाहज्ञान महात्मय चैत ४ गतेबाट सुरु भएको छ ।
नेपालको पहिलो लिखित अभिलेख प्राप्त चाँगुनारायण मन्दिर र यसै नगरपालीका भित्र रहेको प्राचीन मन्दिर त्रिपुरा सुन्दरी भद्राक्षी देबी तथा मातेश्वर मन्दिरको प्रचारप्रसारलाई अघि बढाएर डोलेश्वर मन्दिरको झैँ किर्ति बिदेश सम्म फैलाउन उक्त स्थानमा त्रिपुरा धाम निर्माणार्थ नवाह महांज्ञान माहात्मय लगाईएको आयोजकले जनाएका छन् ।

नबाह ज्ञान महा यज्ञबाट उठेको रकमबाट मन्दिर वरिपरि रहेको जग्गा खरिद गरि त्रिपुरा धाम बनाउँदै आफ्नो धर्म संस्कृती रक्ष गर्दै प्राचिन नगरिमा धार्मिक पर्यटन पर्वधनमा टेवा पुञ्याउन आफुहरु लागि परेको आयोजकले जनाएका छन् ।

यसका लागि सक्दो सहयोग गर्न भक्तजनहरुलाई समेत आयोजकले आग्रह गरेका छन् । नबाह ज्ञानमहायज्ञ चैत ४गते देखि१२ गते सम्म चल्ने छ ।
नवाहको पुर्वाङमा चाँगु नपा वडा नं : १,२,३ का वडा अध्यक्षहरूले मन्दिरको संरक्षण र धार्मीक पर्यटनको बिकास गरि वडा तथा नगरपालीकाको समृद्धिमा लागि पर्ने बताए । उनीहरुले त्रिपुरा धाम निर्माण भएका खण्डमा आफ्नो प्राचिन पहिचान साथै धार्मिक पर्यटकिय नगरका रुपमा पनि आफ्नो नगर विकास हुने बताउँदै आफुहरुले यसमा सक्दो सहयोग गर्ने समेत बताए ।