भक्तपुर । रक्त क्यान्सरबाट मृत्यू भएकाको सम्झनामा समाजवाद अध्ययन केन्द्र , नेपाल रेडक्रस सोसाइटी सुडाल उपशाखा र मेवा नाङ्गलो स्टोरको संयुक्त आयोजनामा शनिबार रक्तदान कार्यक्रम भएको छ ।
रक्त क्यान्सरबाट निधन भएका स्थानीय राजु कार्कीको स्मृतिमा ‘सम्झनामा सामाजिक मन’ भन्दै रक्तदानको आयोजना भएको हो ।
चाँगुनारायण नगरपालिका वडा नम्वर ८ जितपुरमा अयोजित उक्त रक्त दान कार्याक्रममा एकै परिवारका तीन जना बाबु, आमा र छोरा, १८ वर्षका दुइजना जुम्ल्याहा दाजुभाईसहित ५३ जनाले रक्तदान गरेको समाजवाद अध्ययन केन्द्रका अध्यक्ष दुर्गा फुयालले जानकारी दिनुभयो ।
केहि समय अगावै मात्र स्थापन भएको केन्द्रले सामाजिक अभियानमा आफ्नो दाहित्व बोध गराउँदै विभिन्न सामाजिक कार्य गर्दै आएको उहाँले बताउनुभयो ।
रक्तदानमा सहभागीलाई केन्द्रका अध्यक्ष फुयालले प्रमाणपत्र प्रदान गर्दै आगामी दिनमा पनि सहयोगको याचना गर्नुभयो ।