भक्तपुर । सुर्यविनायक नगरपालिका वडा नम्वर ५ कटुञ्जे स्थित स्वास्थ्य चौकीमा सुविधासम्पन्न ल्याव उद्घाटन गरिएको छ । शुक्रवार एक कार्यक्रमका विच कटुञ्जेमा जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै विद्यमान स्वास्थ्य चौकीमा आधुनिक ल्याव स्थापना गरिएको हो ।
ल्यावको उद्घाटन गर्दै सुर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले स्वास्थ्य क्षेत्रलाई मध्यनजर गर्दै स्थापना गरिएको स्वास्थ्य चौकी बाट नै बढि भन्दा बढि सेवा प्रदान गर्न मेडिकल ल्यावको स्थापना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो ूकटुञ्जेमा जस्तै अन्य वडामा पनि स्वास्थ्य सेवा विस्तार गर्न आफुहरु प्रयास रत छौं ।
यस्तै ल्यावको सुरुवात गर्दै वडा अध्यक्ष राज कुमार जोशीले स्थापना गरिएको ल्याववाट आफ्नो वडाका २५ हजार भन्दा जनताले सेवा प्राप्त गर्न सक्ने बताउनुभयो । उहाँले अफुहरु वडालाई स्वास्थ्य क्षेत्रमा नमुना वडाका रुपमा नै विकास गर्न लागि परेको बताउँदै यसकै थालनी स्वरुप स्वास्थ्य चौकीमा अत्याधुनिक ल्याव स्थापना गरिएको बताउनुभयो ।
ल्यावले अनेत्र भन्दा ५० प्रतिशत छुटमा सेवा प्रदान गर्ने जनाईएको छ । २० वटा भन्दा बढि ल्याव सेवा प्रदान गर्न सक्ने उक्त ल्याव २ लाख १० हजार लागतमा सुरुवात गरिएको हो । जसमा दुई जना जनशक्तीले ल्याव सेवा दिने छन् ।